व्युटी न्युज नेपाल
काठमाडौं, २२ भाद्र

प्रोफेशनल रनवे मोडेल एव कलाकार दिक्पाल कार्कीले ‘मिस्टर मोडल अफ द वर्ल्ड २०१८’ जितेका छन्। म्यानमारको याङगोन नेशनल थिएटरमा अगस्ट २९ देखि सेप्टेम्बर ५ का दिन विभिन्न देशका १० प्रतियोगी सहभागी भएको पुरुष सौन्दर्य प्रतियोगितामा २९ बर्षीय दिक्पालले मोडल अफ द वल्र्ड २०१८ को टाइटल सँगै “मिस्टर किंग अफ क्याटवाक”, “मिस्टर मोडल चान लोन बेष्ट हेयर” र “मिस्टर मोडल बेष्ट इन फर्मल वेयर”को अरु तीनवटा टाइटल पनि जितेका छन्,|

 

प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए । अन्तरास्ट्रिय पुरुष सौन्दर्य प्रतियोगितामा उनले यस अघि थाइल्याण्डमा सम्पन्न “मिस्टर ग्लोबल २०१६”मा टप टेनमा पुगेर छैठौं स्थानमा पुग्न सफल भएका थिए भने र फिलिपिन्समा सम्पन्न “मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ ”मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए । भेटेनरी डाक्टर समेत रहेका रहेका दिक्पालले “च्याम्पियन”एव रंगबैजनी” चलचित्रमा नायकको रुपमा अभिनय गर्नुका साथै धेरै म्युजिक भिडियो एव टि भी कमर्शियल एव बिज्ञापनहरुमा काम गरिसकेका छन् | ६ फिट उचाई ,आकर्षक अनुहार एव शारीरिक बनावट नै रनवेको लागि उनको पल्स प्वाइटको रुपमा लिन सकिन्छ |

जयन सुब्बा मानन्धर