मिसेस नेपाल इन्टरनेसनल २०१८ मा ३७ प्रतिस्पर्धी


व्युटी न्युज नेपाल
काठमाडौं २१ भाद्र

मिसेस नेपाल इन्टरनेसनल २०१८ मा ३७ जना महिलाबिच प्रतिस्र्धा हुने भएको छ । प्रतियोगितहरुले नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा विभिन्न प्रशिक्षण भईरहेको छ ।

आगामी ८ असोजमा कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा जमलस्थित राष्ट्रिय नाचघरमा यसको बिजेता चयन गरिने छ ।

प्रतियोगितामा विभिन्न पेशा तथा गृहिणी जीवन बिताईरहेका नर्मदा सोराली, रबिना परियार, सरस्वती थापा, शान्ति बडे, बिना मगर जोशी, शर्मिला श्रेष्ठ, नम्रता गिरी, अर्चना रिमाल, रश्मी थापा, प्रमिक्षा पोखरेल, मनिषा पाण्डे, रिज्जी सेडाई, प्रियंका खनिया, बिष्णु राना, अनिला मर्हजन, तेजमाया लिम्बु छन् ।

यस्तै चन्दा थापा गिरी, अनिता विश्कर्मा, श्रृष्टी महर्जन, दीपा थपलिया, सविता देउला, सुक्ति खनाल, लक्ष्मि लिम्बु, प्रतिमा शर्मा, स्मृती श्रेष्ठ, मनिसा राज थला, जुनु शर्मा, रुपा सिवाकोटी, केशरी ढकाल, बिमला नुगो लिम्बु, दिपिका बर्मा, अनिता बिमली, श्रीलक्ष्मी श्रेष्ठ थापा, मिलन शाह, राधा रिमाल र सपना प्रधानाङले स्पर्धा गर्नेछन्।

रिवन इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित चौथो संस्करणको यो प्रतियोगिताकी बिजेताले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । विजेताले पुरस्कारस्वरुप स्कुटर पनि पाउने छिन् ।