व्युटी न्युज नेपाल

काठमाडौं २१ भाद्र 

आगामी १२ भाद्रबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘कथा काठमाडौं’ले २२ भाद्रबाट मोफसल यात्रा सुरु गर्ने भएको छ ।

कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता श्रेष्ठले यो चलचित्र निर्देशन गरेकी हुन् ।

रातको कुरा…, जुन अनि तारालाई… र कथा काठमाडौ…गीतको भिडियो  रिलिज एवम् ट्रेलर रिलिजपछि युनिटले अब मोफसलमा आफ्नो प्रचारलाई अगाडी बढाउन लागेको हो ।

२२ भाद्रबाट सुरु हुने मोफसल टुर अन्तरर्गत इटहरी, धरान, दमक, हेटौडा, नारायणगढ, बुटवल, दाङ र पोखरा लगायतका सहरमा पुगेर फिल्मको बारेमा जानकारी गराउनेछ ।

पथरी, धरान, चितवन र दाङलगायतका स्थानको महोत्सवमा समेत युनिटले सो क्रममा सहभागिता जनाउने भएको छ । काठमाडौलाई आफ्नो कर्मभूमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ ।

यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।

 आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन ।

भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् । फिल्मलाई लुजः सिंले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् ।