व्युटी न्युज नेपाल
काठमाडौं २० भाद्र

अग्रज व्युटिसियन रिना अवालेको व्युटी सलुन ‘पियोर स्टाईलिस्ट व्युटी होम एन्ड ट्रेनिङ सेन्टरले पेशागत एवम् व्यबसायिक सफलताको ७ वर्ष पुरा गरेको छ ।

यही अबसरमा रिनाले मँगलबार साँझ ललितपुरको मानभवन स्थित एक पार्टी भेन्युमा वार्षिक उत्सब कार्यक्रम आयोजना गर्दै ७ औं वार्षिक उत्सबको केक काटेर खुसी साटिन् ।

उनले केक काटेकाे समारोहमा बरिष्ट व्युटिसियनहरु सुमित्रा रञ्जित, सोनी कारञ्जिन, रश्मिला श्रेष्ठ, रुक्सा श्रेष्ठ बैध, फेशन डिजाईनर काजल शर्मा, अभिनेत्री जान्ह्वी बोहरा, नेचर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेती, भाटीका कन्ट्री म्यानेजर मुकुन्दलगायतले रिनालाई अझै धेरै सफलताको शुभकामना व्यक्त गरे ।

सात वर्ष अघि रिनाले पाटनको पुल्चोकमा पियोर स्टाईलिस्ट व्युटी होमबाट सेवा सुरु गरेकी थिईन् । सो क्षेत्रमा अहिले पियोर स्टाईलिस्ट निकै लोकप्रिय बनेको छ । व्युटी सेवासँगै उनले व्युटिसियनसम्बन्धि सबैजसो कोर्सको प्रशिक्षण पनि दिँदै आएकी छिन् ।