व्युटी न्युज नेपाल
काठमाडौं, २० भाद्र

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को इतिहासमै पहिलो पटक केन्द्रीय अध्यक्ष पदमा नेपालबाट साहित्यकार राधेश्याम लेकाली गतसाता बिजय भए । तर आफुलाई अध्यक्ष बन्न नदिन ठुलो चलखेल भएको लेकालीले बताएका छन् ।

अध्यक्ष भएपछि उनलाई यतीबेला नेपालमा बधाईको ओईरो छ । उनलाई औपचारिक बधाई दिनेहरुको पनि लहर चलेको छ ।

यसै क्रममा उनलाई बुधबार काठमाडौंमा एक औपचारिक समारोहमा संसाक मासिक, निष्पक्ष मिडिया प्रालि, साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले अध्यक्ष भएकोमा सँयुक्त रुपमा फुलमाला सहित बधाई ज्ञापन गरेका छन् ।

शुभकामना कार्यक्रममा अध्यक्ष लेकालीले नेपाललाई अध्यक्ष नदिन निकै चलखेल भएको र ठूलो शक्ति लागेको बताए ।

आफूले अब सहकार्यको आधारमा सबैसँग मिलेर काम गर्ने र निस्कृय रहेका च्याप्टरहरूलाई सकृय पार्दै लगिने बताउँदै नेपाली भाषा साहित्यको विश्वप्यापी प्रचार–प्रसारको लागि लागिरहने प्रतिबद्धता जनाउँदै भने, ‘मैले पाएको यो सम्मान र बधाईले ममा ठूलो जिम्मेवारी थपिएको छ । तपाईंहरूको यो फुलको वर्षा राम्रो काम गर, गरिनस् भने फुलको बदला ढुङ्गाले हान्नु नपरोेस् भन्ने प्रतिकात्मक हो ।’

अध्यक्ष लेकालीले म नेपाली भाषा र साहित्यको अन्तराष्ट्रिय विकास र विस्तारको लागि आगामी दुई वर्षे योजनाले हैन अबको दुई सय वर्षको योजनाकासाथ काम गर्नेछु, भन्ने भनाई पनि कार्यक्रममा राखे ।

प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी उनलाई हार्दिक बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.शर्माले आफ्नो पदको गरिमालाई इमानदारिताका साथ पूरा गरी नेपाली भाषा, साहित्य र सिर्जनाको अन्तर्रा्ष्ट्रिय विकास, विस्तार र प्रचारमा लाग्न पूर्ण शुभकामना व्यक्त गरिन् । , सभापति डा.नेपाल र आयोजक रत्नप्रसाद श्रेष्ठ अनामणिले पनि शुभकामना दिए ।

कार्यक्रममा पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, डा.बमबहादुर थापा जिताली, डा.सत्यराज थपलिया, पूर्व प्रवउ गुप्तबहादुर श्रेष्ठ, गुरू नारायणाचार्य कौशिक, साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, पत्रकार त्रिभुवनचन्द्र वाग्ले र सीता बिष्ट कार्कीले लेकालीलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

यस्तै पूर्व सेनानी टंकबहादुर बज्गाईं खत्री, अधिवक्ता कृष्णप्रसाद अधिकारी, शिक्षिका भवानी मैया पन्त, भगीरथ काफ्ले, साहित्यकार सानु शर्मा, कवि प्रशान्त डङ्गोल, सर्जक धरणीधर गुरागाईं र उदेश पाण्डेले पनि बधाई सहित उनको सफलताको शुभकामना व्यक्त गरे ।