इन्टु मिन्टु लण्डनको इँगेजमेन्ट गीत


व्यटी न्युज नेपाल / काठमाडौ, २० भाद्र

आगामी ५ असोजबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को इँगेजमेन्ट गीत जुरायो जुरायो भावीले…को भिडियो बुधबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ ।

बसन्त सापकोटाको संगीत र शब्द रहेको यो गीतलाई राजेश पायल राई र मेलिना राईले गाएका हुन् । चलचित्रको दृष्य अनुसार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सारुक ताम्राकारको इँगेजमेन्टको पार्टीमा यी दुई कलाकारले साथी भाई र परिवारको साथ यो गीत गाउँदै नृत्य गर्छन् ।

गीत निकै राम्रो बनेको भन्दै यो चलचित्रकी अभिनेत्री साम्राज्ञीले आफुले राम्रो नृत्य गरेको बताईन् । अभिनेता धिरज मगर रा सारुखले पनि गीत राम्रो बनेको बताए । सारुकले त यो गीतमा सोचेको भन्दा राम्रो नृत्य आफुले गरेको अनुभव सुनाए ।

इन्टु मिन्टु लन्डनकी निर्देशक रेनेसा राईले अहिलेसम्मकै सबै भन्दा बढी महँगो ड्रेस र सेटमा यो गीत तयार गरेको दाबी गरिन् । यो गीतमा करिब ३० लाखको त ड्रेस, गहना र सेटमा खर्च लागेको तर आफ्नी एक मित्रले छायाँकनको लागि सबै ड्रेस निशुल्क दिएको बताईन् ।

प्रभु शम्शेर जबराले निर्माण गरेको यो चलचित्रलाईको छायाँकन नेपाल र लण्डनमा गरिएको हो । शैलेन्द्र ध्वज कार्कीले खिचेको यो फिल्ममा साम्राज्ञी, धिरज, सारुकसँगै बिजय लामा, अर्जुन श्रेष्ठ, रुवी राणा शाहलगायतको अभिनय छ ।