चौथा क्यापिटल अवार्ड ३५ विधामा प्रदान


व्युटी न्युज नेपाल
काठमाडौं, १९ भाद्र

क्यापिटल म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्डबाट काठमाडौंमा एक समारोहमाझ राजधानीमा सम्मान संगीतकार दीपक जंगमलाई प्रदान गरिएको छ । संगीत क्षेत्रमा आजिवन योगदान दिएको भन्दै जंगमलाई सम्मान गरिएको कार्यक्रममा बताईयो ।

यस्तै पत्रकारितामा डेढ दशकदेखि क्रियासिल रहेको भन्दै रँग पत्रकार गीता अधिकारीलाई सोही कार्यक्रममा साङ्गीतिक पत्रकारिता सम्मापन प्रदान सम्मानित गरियो ।

समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड गीतकार शान्तिप्रियलाई, सर्वोत्कृष्ट बाल प्रतिभा(अभिनय) अवार्ड बाल कलाकार सम्राट दाहाललाई, सर्वोत्कृष्ट डायस्पोरिक रचना (आधुनिक गीत)मा सन्तोष श्रेष्ठलाई, सर्वोत्कृष्ट पप सङ्गीतमा आर.बी. लामालाई, सर्वोत्कृष्ट पप गायकमा समीर हमाललाई अवार्ड प्रदान गरियो । कार्यक्रममा यो वर्षको मोडलिङ तर्फ नै वर्ष म्युजिक भिडियो मोडल पुरुषमा श्रीदेव भट्टराई, म्युजिक भिडियो मोडल महिलामा विनु शाक्य, म्युजिक भिडियो निर्देशक (शास्त्रीय सङ्गीत)मा विकास घले गुरुङलाई अवार्ड दिईयो ।

आधुनिक विधा तर्फ गायकमा कन्हैया सिंह, गीतकारमा सुन्दर पन्त, महिला गीतकारमा बबी गुरुङ निश्चल, एरेन्जरमा देवेन्द्र नेवाः, ध्वनि मिश्रणमा भोला पौडेल र वर्ष गीतमा सुमन बैरागीलाई क्यापिटल अवार्ड प्रदान गरियो । यसरी नेपाली सङ्गीत क्षेत्रका विभिन्न ३५ विधामा क्यापिटल अवार्ड प्रदान गरियो ।