पोखरामा घुम्टो खोलिन सिन्जालीकी मीराले


व्युटी न्युज नेपाल
पोखरा १९ भाद्र

आख्यानकार दीपक सिन्जालीकी मिराले पोखरामा घुम्टो नयाँ खालेकी छिन् । ‘मीरा’ पाठकमाझ आएकी छिन् । हो दीपकको नयाँ उपन्यास मीरा हो । यो उपन्यासको मँगलबार भुवनहरि सिग्देलले पोखरामा एक समारोहबचि साहित्यकार विमोचन गरेका छन् ।

साहित्यकार सिग्देलले उपन्यास निकै रोचक भएको बताए । पहिलो उपन्यासबाटै दीपक सिन्जालीले प्रचुर सम्भावना देखाउन सकेको भनाई उनले राखे ।

बिमोचन समारोहमा बोल्दै उपन्यासकार गनेस पौडेलले परिपक्क लेखकको भन्दा मीरा कम नभएको बताए,‘सरल भाषामा समाजको एउटा प्रेमको विम्बलाई दीपकले उतारेका छन्’, उनले भने ।

मिराका लेखक सिन्जालीले संघर्ष गरेर पनि मानिस बाँचिरहेको हुन्छ भन्ने उपन्यासमा देखाउन खोजेको प्रस्ट्याउँदै भने,‘हाडनाता सम्बन्धजस्ता कुरालाई पञ्च भलाद्मी बसेर मिलाउने सामाजिक न्याय व्यवस्था ठीक होइन भन्ने देखाउने प्रयास छ । प्रेम, सामाजिक न्यायलगायत विषयमाथि उपन्यास केन्द्रित छ ।’

पत्रकार दीपक सापकोटाले पछिल्ला उपन्यास मध्य मीराले सम्भावनाको संकेत गरेको टिप्पणी गर्दै भने, ‘कृष्णभक्त भएर बाँच्नु नै जीवन बाँच्ने सबैभन्दा राम्रो तरिका हो भन्ने मीरा बाई र सिन्जालीको उपन्यासकी पात्र मीराको बीचमा तालमेलचाहिँ छैन ।’

समीक्षक उपेन्द्र पौडेलले समाजले पचाउन इन्कार गर्ने जटिल प्रेमकथालाई सिन्जालीले उपन्यासमा बुनेको बताए ।
१७६ पेजमा रहेको मिरा ज्ञानज्योति बुक्सले वितरण गरेको छ । यसको मुल्य २७५ रुपैयाँ रहेको छ । शिखा बुक्सले छापेको यो उपन्यास विमोचन व्यबस्थापन पोखरेली युवा सांस्कृतिक परिवारले मिलाएको हो ।