नेचर इसेन्सकाे तिज मेलामा ज्ञानु राणा सहित बरिष्ट व्युटिसियनहरु सम्मानित


व्युटी न्युज नेपाल

काठमाडौं, १८ भाद्र

नेपाल इसेन्स र कलर इसेन्सको आयोजना र रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनको व्यबस्थापनमा काठमाडौंमा हरितालिका तीज मेला आयोजना गरिएको छ । सांगीतिक क्षेत्रमा चार दशक भन्दा लामो समयदेखि निरन्तर योगदान पुर्यारएको भन्दै अग्रज गायिका ज्ञानु राणालाई सो मेलामा सौन्दर्य कला संगीत सम्मानबाट सम्मानित गरियो ।

व्युटिसियनहरुका लागि आयोजित विशेष तिज मेला तथा साँगीतिक कार्यक्रममा पूर्व अर्थमन्त्री तथा गीतकार एसपी कोईरालाले सो सम्मान प्रदान गरेका हुन् । यस्तै व्युटिसियन पेशामा लागेर अढाई दशक भन्दा लामो समयदेखि निरन्तर योगदान पु¥याएका अग्रज व्युटिसियन डा.राजश्री श्रेष्ठ, कमला श्रेष्ठ र रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारञ्जितलाई सौन्दर्यकला सम्मानबाट कोईरालाले सम्मान गरे ।

कार्यक्रममा फेशन डिजाईनर काजल शर्मालाई सौन्दर्यकला फेशन सम्मानबाट सम्मानित गरियो ।

व्युटिसियनहरुलाई लक्षित गरेर हरेक वर्ष आफुहरुले तिज मेला आयोजना गर्दै आएको नेचर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेतीले बताए ।

यही उत्पादनका सोल्ड डिस्टिव्युटर तथा चलचित्र रोजका निर्माता मणिकरण केसीले कार्यक्रममा कलर इसेन्स र नेचर इसेन्सका उत्पादन बारे प्रकाश पारे । शुक्रबार काठमाडौंको एल्लो प्यागोडामा सम्पन्न सो तीज मेलामा व्युटिसियनहरुले नाचेर रमाईलो गरेका थिए ।

तिज मेला तथा सम्मान कार्यक्रम हेर्नस भिडियाे ः

कार्यक्रममा नेचार इसेन्सका उत्पादन सहित विभिन्न मोडलहरु फेशन शोमा उत्रिएका थिए । रोज व्युटिपार्लरको सृँगार र काजल क्रिएसनको फेशनमा सजिएर मोडलहरु र्याम्पमा उत्रिँदा कार्यक्रमको रौनकता बढेको थियो ।

निर्जन थापाको कोरियोग्राफीमा व्युटिसियन ट्यालेन्ट नेपाल २०१८की बिजेता सरिता भारती, उप बिजेता नविन अधिकारी, रजनी श्रेष्ठ, मोडल तथा व्युटिसियनहरु सुहना अर्याल, कविता बानियाँ, संगीता लगायतले क्याटवाक गरे ।

सम्मानित श्रष्टाले ज्ञाणु राणाले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याईन् । यस्तै गायिका जुनु रिजाल, सहिमा श्रेष्ठ, बसन्त प्रकृति, बिष्णु पौडेल, ऋतु कँडेल र गायक बिनोद पोखरेले पनि आफ्ना चर्चित गीतमार्फत मेलालाई संगीतमय तुल्याए ।

यस्तै हास्यव्यँग्य कलाकार किरण केसीले प्रहसनी र गायनसँगै कार्यक्रमको रौनकता बढाए । अर्की हास्य कलाकार पल्पसा डंगोल चम्सुरीको प्रहसन पनि कार्यक्रमको आकर्षक बनेको थियो । रोज व्युटी पार्लरका कलाकारहरुको विभिन्न नृत्य पनि कार्यक्रमका आकर्षक पक्ष थियो । तीज मेलामा व्युटिसियनहरूले कार्यक्रमकाे समापनमा नाचगान गर्दै  रमाइलाे गरे ।