प्रियँकाको हट सिनको रहस्य कथा काठमाडौंको ट्रेलरले खोल्यो


व्युटी न्युज नेपाल
काठमाडौं १७ भाद्र

रातको कुरा…गीतको भिडियोमा प्रियँका कार्की र प्रमोद अग्रहरीले दिएको हट सिनको कारण चलचित्र ’कथा काठमाडौं’ बिबादमा थियो । यो चलचित्रको आईतबार काठमाडौंमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरेपछि नायक नायिकाले हट सिन यसरी दिनुको कारण केही खुलेको छ । अभिनेत्री प्रियँका मोडलको भूमिकामा रहेको र उनलाई यौन जन्य व्यबसायमा नायक प्रमोदले लैजान चाहेको ट्रेलरमा देखिन्छ । मोडललाई यौन सम्बन्धमा उनले बाध्य पारेको यो फिल्मको ट्रेलरमा उल्लेख छ ।

टेलिभिजनकर्मी संगीता श्रेष्ठले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै्छिन । फिल्ममा उनले काठमाडौको तिन भिन्न भिन्न कथालाई देखाउने कोसिस गरेको बताएकी छिन । काठमाडौंमा मुस्कान भित्र लुकेको ब्यथा नै फिल्मको मुख्य विषयवस्तु रहेको समेत उनले बताएकी छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता र निर्देशकसँगै कलाकार प्रमोद अग्रहरी, संजोग कोइरालाले आफ्नो भूमिकाबारे बताए । फिल्मको कथाको माग बमोजिम हट सिन आफुले दिएको र त्यसमा कुनै पछुतो नभएको प्रमोदले बताए । संयोजले पनि आफ्नो स्वभाव भन्दा फरक भूमिका निर्वाह गर्दा रमाईलो अनुभूति भएको बताए ।

रातको कुरा… गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडी बढाएको फिल्मले त्यसपछी दुई गीत सार्वजनिक गरिसकेको छ ।
फिल्मको कथा निर्देशक संगीताले नै लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुज सिंहको छायांकन छ । फिल्ममा प्रमोद अग्रहरी , प्रियंका कार्की ,आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ ।

अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् भने यसको भिएफएक्स र कलर भरत रेग्मीले गरिरहेका छन् । यो चलेचित्र १२ असोजमा देशव्यापी रिलिज हुँदैछ ।