यचुश्री भइन् १६ औं किड क्विन नेपाल


व्युटी न्युज नेपाल
काठमाडौं, १७ भाद्र

शनिवार साँझ काठमाडौंमा सम्पन्न ग्राण्ड फिनालेमबाट १६ औं संस्करणको किड क्विन नेपाल–२०१८ को उपाधि मध्य वानेश्वरकी यचुश्री श्रेष्ठले जितेकी छिन् । यचुश्रीले प्रतिस्पर्धि १५ जना बालिका तथा किशोरीहरुलाई पछि पार्दै दश हजार रुपैया राशीको उपाधिसहित विभिन्न पुरस्कारहरु प्राप्त गरिन् । जेम्स स्कूलमा कक्ष्ाँ ७ मा अध्ययनरत १२ वर्षीया यचुश्रीले पहिलो पटक प्रतिस्पर्धा गरेको प्रतियोगितामै सफलता हासिल गरेकी हुन् । आफ्नो अल राउण्डर प्रस्तुती तथा कन्फिडेन्सले नै आफूलाई विजेता बनाएको धारणा व्यक्त गर्ने यचुश्रीले भविष्यमा वकिल बन्ने लक्ष्य लिएकी छिन् ।

यस्तै प्रतियोगितामा नयाँ बजारकी लूमिला जोशीले फस्ट रसर्न अपको उपाधिसहित नगद सात हजार रुपैयाँ जितिन् । सो प्रतियोगितामा स्वेना श्रेष्ठले सेकेण्ड रनर्स अप बनिन् ।

प्रतियोगितामा अपेक्षा शेरचनले मिस फ्रेण्डसिप, वृक्षा गुरुङले मिस चार्मिङ, जेनिशा तामाङले मिस स्माइल, ओजस्वी महर्जनले बेस्ट स्किन, दीया नापितले बेस्ट हेयर, समद्धि श्रेष्ठले मिस पञ्चुअल, प्रिया श्रेष्ठले मिस इलिगेन्ट, नसाना महर्जनले मिस फोटोजेनिक, डोल्मा छिरिङ गुरुङले मिस पर्सनालिटी, एञ्जेल खत्रीले मिस डिसिप्लिन, यचुश्री श्रेष्ठले बेस्ट ड्रेस, इशा श्रेष्ठले मिस ट्यालेन्ट तथा अपेक्षा शेरचन र अनुभूति गिरीले मिस सोसल वेलफेयर एम्बेसडरको उपाधि जित्न सफल भए ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न प्रतियोगिता किड क्विनका प्रतिस्पर्धिहरुको सामुहिक नृत्यबाट प्रारम्भ भएको थियो । ९ देखि १४ वर्ष उमेर समुहका प्रतिस्पर्धिहरु यो प्रतियोगितामा उत्रिएका थिए ।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बालिका तथा किशोरीहरुको प्रतिभा प्रस्तुतिका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताइन् । रोजिन शाक्यले उक्त प्रतियोगितामा कोरियोग्राफी गरेका थिए ।

सञ्चारकर्मीद्वय डब्बु क्षत्री, कृष्ण भट्टराई, ब्युटिसियन मञ्जु कार्की पाण्डे, नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ, मिस नेवाः की फस्ट रनर्स अप सरिसा श्रेष्ठ, नेपाल क्यूकोसिन सेसिन केइकन कराँते एसोसिएसनका अध्यक्ष अशोक श्रेष्ठ, फोटोग्राफर शिवलाल श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए ।