ट्रेलरमा आयो बाँध मायाले, आर्यन र सृष्टीको गहिलो प्रेम


व्युटी न्युज नेपाल
काठमाडौं, १६ भाद्र

आगामी ५ असोजबाट प्रदर्शनमा आउने चलचित्र ‘बाँध मायाले’को ट्रेलर रिलिज भएको छ । जसमा मुख्य भूमिकामा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ छन् । सार्वजनिक प्रोमोमा आर्यन र सृष्टिबिचको गहिरो प्रेमसँगै दुईबिचको द्वन्द्व देखाईएको छ । फिल्ममा अर्जुन र श्रद्धाको भूमिकामा आर्यन र सृष्टी छन् । निर्देशक सविर श्रेष्ठका अनुसार यो चलचित्र प्रेम कथामा आधारित छ ।

बाँध मायालेको टिजर र गीत पछि प्रोमो सार्वजनिक गरिएको हो । फिल्मको थप दुई गीत रिलिज गर्न बाँकी रहेको निर्देशक श्रेष्ठले बताए । प्रोमोमा आर्यन, सृष्टिसँगै नवनायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङ पनि प्रस्तुत छन् । प्रोमोले दर्शकको ध्यान तान्ने निर्देशक सविर श्रेष्ठको विश्वास छ ।

बाँध मायालेमा रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माता रहेका छन् । यसमा सह निर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन् । अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्वन्द्वनिर्देशन छन् । काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको बाँध मायालेको कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका हुन् ।