पोखरामा रोजको भब्य कन्सर्ट, प्रदीपलाई फ्यानबाट जोगाउनै हम्मे


व्युटी न्युज नेपाल
पोखरा १५ भदौ,

पाँच दिनको लागि मोफसल यात्रामा हिडेको चलचित्र रोज युनिटले पोखरामा भव्य कन्सर्ट गरेको छ । २२ भदौबाट देशव्यपाी प्रदर्शनमा आउने चलचित्र ‘रोज’ टिमले पोखरा कन्सर्ट सँगै मोफसल प्रमोशनल टुर सुरु गरेको हो ।

बिहिबार साँझ पोखराको ‘मिड टाउन’हल अगाडी करिब तीन घण्टा चलेको कन्सर्टमा जब नायक प्रदीप स्टेज चढे । युवा दर्शकले प्रदीपको नाम लिँदै हुटिङ गरेका थिए । प्रदीपले ‘रोज’ चलचित्रको बारेमा सोधेका प्रश्नका एकएक गर्दै सहि उत्तर दिने फ्यान थुप्रै थिए ।

प्रदीपलाई फ्यानहरुबाट जोगाउनै हम्मे

प्रदीपले चलचित्रको प्रदर्शन मिति, गीत तथा कलाकारहरुबारे प्रश्न गरेका थिए । प्रदीपले स्टेजबाटै मोबाइल मार्फत सेल्फि तस्बिर पनि लिए । जुनसमयमा प्रदीपलाई फ्यानहरुबाट जोगाउनै चलचित्र टिमलाई हम्मे हम्मे परेको थियो ।
जब प्रदीप स्टेजबाट ओर्लेर फ्यानकै मोबाइलबाट सेल्फि लिन थाले, त्यो भिडबाट बाहिर निकाल्नै आधाघण्टा भन्दा बढी लागेको थियो । प्रदीपसँगै नायिका मिरुना र परमितापनि फ्यानबाट उत्तिकै घेरिएका थिए । कन्सर्टमा केहि फ्यानहरुलाई चलचित्रको नामको टिसर्ट बाडिएको थियो ।

चलचित्र रोजको फुल हैन… गायक एवम नेपाल आईडल उपबिजेता प्रताप दासले आफ्ना चर्चित गीत सुनाए । उनले रोजको फुल हैन गाउँदा…दर्शकले स्वरमा साथ दिए । गायिका प्रज्ञा श्रेष्ठको गीतमा पनि दर्शक झुमेका थिए । हाँस्य कलाकार दिनेश काफ्लेको पनि दर्शकलाई धेरैबेर मनोरञ्जन दिए ।सन्ध्या केसी र दिनेशले सञ्चालन गरेको कन्सर्ट निकै रोचक बन्यो ।

रोज टिम कलेजमा

कन्सर्ट र प्रेसमिटबाट समय निकाल्दै रोज युनिटले पाखरामा कलेज क्याम्पिएन गरेको छ । पोखराको ठुलो क्याम्पस जया मल्टिपल क्याम्पसमा चलचित्र टिम पुग्दा बिद्यार्थीहरु निकै उत्साहित देखिन्थे । स्वतन्त्र बिद्यार्थी युनियनको सहयोगमा दिउँसो राखिएको कार्यक्रममा अभिनेता प्रदीप खड्काले चलचित्रबारे जानकारी दिए । ‘बिद्यार्थीहरुलाई हामीले पढाई छाडेर हेर्न जानुस् भनेका छैनौं, बिदाको दिन जान आग्रह गरेका छौं’ प्रदीपले भने ।

गायक प्रताप दासले चलचित्रको ‘फूल हैन’बोलको गीत गाएका थिए भने हाँस्य कलाकार दिनेश काफ्लेले पनि बिभिन्न हाँस्य सम्वादले मनोरञ्जन दिएका थिए । क्याम्पस प्रांगणमै नायक प्रदीप र नायिका मिरुनाले चलचित्रभित्रको छोटो अभिनय पनि गरेर देखाएका थिए ।

अाज बुटबलमा कन्सर्ट 

चलचित्र टिम शुक्रबार बुटवल पुगेको छ । बुटवल कन्सर्ट गरेर टिम चितवन पुग्नेछ । यस्तै त्यसपछि पुर्वका बिभिन्न शहर पुग्ने कन्सर्ट ब्यवस्थापक बुद्धि मगरले जानकारी दिए । निरक पौडेलले निर्देशन गरेको यो चलचित्रमा प्रदीपको प्रेमी तथा अपराधीको लुक्स देख्न सकिन्छ । चलचित्रको ट्रेलर तथा गीत युट्युव तथा सामाजिक सञ्जालहरुमा अहिले हिट छन् । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यो चलचित्रमा आयरा पौडेल र आरोही केसीको लगानी छ ।

राजु विक्रम थापाले खिचेको चलचित्रको केदार भुषालले कथा लेखेका हुन् । चलचित्रको सम्पादन भने मित्र डि गुरुङले गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको ‘चलचित्रमा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी छ ।