एकल प्रदर्शनमा मेरी मामु, ७ वर्षीय आयुव नायक


रिलिज चलचित्र

व्युटी न्युज नेपाल
काठमाडौं, १५ भाद्र

यम थापा लिखित एवम् निर्देशित चलचित्र ‘मेरी मामु’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । शुक्रबार अरु नेपाली चलचित्र रिलिज नभएका कारण मेरी मामुले एकल रिलिजको अबसर पाएको हो ।

कलिलो उमेरको बालकले आफ्नी आमा गुमाउँदा उसमा पर्ने मनोविज्ञानमा यो चलचित्र केन्द्रित रहेको निर्देशक थापाको भनाई छ ।

लामो समयदेखि बालबालिकाका लागि चलचित्र नबनेकोले उनीहरुलाई लक्षित गरेर मेरी मामु ल्याउको यसका निर्माता सन्तोष सेनले बताएका छन् । यो चलचित्रबाट सन्तोष सेनका ७ बर्षका छोरा आयुव सेन बाल नायकका रुपमा पर्दामा आएका छन् । छोराको अभिनयले दर्शकको मन जित्ने विश्वास वुवा सन्तोषको छ ।

यो चलचित्रमा आयुवसँगै सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्ललगायतको अभिनय रहेको छ । सिनेमाले मुलुकका करिब पाँच दर्जन सिनेमा हलमा रिलिज हुने अबसर पाएको छ ।