मिसेज क्विन ईन्टरनेशनलको फाईनलमा भिड्दै नेपालकी दुर्गा


जयन सुब्बा मानन्धर
काठमाडौं १३ भाद्र

विवाहित महिलाहरुको सौन्दर्यलाई लक्षित गरेर मलेसियामा भईरहेको अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिसेज क्विन ईन्टरनेशनल २०१८’ मा नेपालको पनि सहभागिता रहेको छ ।

३०अगस्टमा मलेसियाको राजधानी क्वालालाम्पुरको होटल सांग्रिलामा हुने यो प्रतियोगितामा ३३ राष्ट्रका महिलाहरुको सहभागिता रहेको छ । यो सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मिसेज गुरुङ २०१८ की उपविजेता दुर्गा गुरुङ अहिले मलेशियामा छिन् । अगस्ट २५ देखि २९ सम्म बन्द प्रशिक्षणमा बसेकी दुर्गा फाईनलमा उत्रिँएकी छिन् ।

फार्इनलमा पुग्नु अघि दुर्गाले ट्यालेन्ट राउन्डमा अाँखैमा राख्छु मेराे देश…गीतमा नृत्य प्रस्तुत गरेर नेपाली संस्कृतिलार्इ  चिनाउने काम गरेकी  छिन् । 

ईएमआरले आयोजना गरेको यस सौन्दर्य प्रतियोगितामा बस्न खाने सबै व्यावस्था आयोजकनै गरेको छ । तर जाने आउने प्लेन टिकट खर्च प्रतियोगी स्वयमले व्यावस्था गर्नुपर्ने गुरुङले बताए ।

यो प्रयोगितामा सहभागी हुन २० वर्ष नाघेको विवाहित र एक सन्तानकी आमा हुनुपर्ने प्रावधान भएको नेपालका लागि मिसेज टुरिजम क्विन ईन्टरनेशनल २०१८ का कन्ट्री म्यानेजर विशाल गुरुङले बताए ।

३० वर्षकी दुर्गा गुरुङ विवाहित सँगसँगै ८ वर्षको एक सन्तानकी आमा हुन । त्यसैले सोही नियम अनुसारनै गुरुङलाई छनोट गरिएको उनले बताए ।

दुर्गा गुरुङ यस अघि पनि मिसेज गुरुङ २०१८ की उपविजेता हुन् । सौन्दर्य प्रतियोगिताको राम्रो अनुभव भएको ले नै उनी आयोजकको छनौटमा परेकी हुन् ।