रोजमा वकिल मिरूना सफल हुनेमा विश्वस्त (तस्बिरमा हेर्नुस ५ पोज)


व्युटी न्युज नेपाल
काठमाडौं १३ भाद्र

अभिनेत्री मिरुना मगरले अभिनय गरेको तेस्रो चलचित्र रोज यही २२ भदौबाट देशव्यापी प्रदर्शनीमा आउँदैछ । रोजमा आफुले वकिलको भूमिका निर्वाह गरेको यी अभिनेत्रीले बताएकी छिन् ।

आफ्नो नयाँ फिल्म रोजको प्रदर्शनीपूर्व यी अभिनेत्री निकै उत्साहित छिन् । हाल रोजको प्रचारका लागि मोफसल यात्रामा रहेकी यी अभिनेत्रीले प्रदीप खड्का जस्ता अहिलेका लोकप्रिय अभिनेतासँग काम गर्न पाउँदा खुसी लागेको बताएकी छिन् ।

जमा आफुले वकिल भएर प्रदीपको पक्षमा वकालत गरेको यी अभिनेत्रीले खुलासा गरेकी छिन् । रोजमा आफ्नो भूमिका ससक्त भएको पनि मिरुनाको भनाई छ । चलचित्र रोजसँगै आफुलाई पनि साथदिन उनले दर्शकलाई अनुरोध गरेकी छिन् ।

बेलायतमा लामो समयदेखि बस्दै आएकी मिरुना केही वर्षदेखि नेपालमै छिन् । मिरुनाले अभिनय गरेको तेस्रो नेपाली चलचित्र रोज हो । यस अघि उनले चलचित्र लालपूर्जा र लाउरेमा नायिकाको रुपमा काम गरिसकेकी छिन् । लालपूर्जाको व्यापार सामान्य रहे पनि उनको चलचित्र लाउरेको निर्माण पूरा भएको छैन । त्यसैले पनि उनी रोज प्रदर्शनका क्रममा उत्साहित छिन् ।

निरक पौडेल निर्देशित तथा मणिकरण केसी निर्मित यो चलचित्रको बुधबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरियो । सो कार्यक्रममा प्रस्तुत भएकी मिरुनाले व्युटी न्युज नेपाललाई दिएको केही पोजहरु हेर्नुस् ।