मोफसलमा दर्शक नचाउँदै मेरी मामु टिम


व्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ
यही १५ भदौबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘मेरी मामु’को टिम अहिले मोफसल यात्रामा छ । बिहीबार काठमाडौं बालाजुस्थित बिजी महलबाट शुरु भएको चलचित्रको यो कन्सर्ट (रोड शो)का कलाकार शुक्रबार भक्तपुरको सुर्यबिनायक, किर्तिपुर, लगनखेल हुँदै शनिबार उपत्यका बाहिर निस्किएका थिए ।

यसै क्रममा मेरी मामुको टिमले शनिबार दमौलीमा सांगीतिक धुम मच्चायो । दमौलीको अनसनचोकमा आयोजित कन्सर्टमा कलाकार र दर्शकले एकसाथ कम्बर मर्काएका छन् ।

यही टिमले आईतबार पोखरा कन्सर्ट गरे । पोखराको कन्सर्ट सकेर आईतबार नै बुटबल हिँडेको युनिटले सोमबार बिहान बुटबलमा कन्सर्ट गरे । त्यसपछि चितवन फर्केको टिमले सोमबार साँझ नै चितवनमा कन्सर्ट गरेको छ ।

यी सबै कार्यक्रममा हास्य कलाकार शिशिर भण्डारीले प्रहसन, चुट्किला, क्यारिकेचरका साथै बिभिन्न अभिनयबाट दर्शकलाई हँसाए । यस्तै गायक रोहित जंग क्षत्रीले शिर्ष गीत ‘मलाई माफ गरिदेऊ आमा…’ प्रस्तुत गरेर दर्शकलाई भाबुक बनाएका छन् । गायक बादल थापाले यही चलचित्रको रोमाञ्चकारी गीत गाएका छन् ।

कन्सर्टमा मोडल आरुषी मगरले चलचित्र प्रेमगीत २ को ‘मोटर साईकलमा…’ गीतमा नृत्य देखाउदा दर्शकले उफ्री उफ्री नाचेको दृष्य हेर्न पाईएको छ । यो फिल्ममा बाबुको भूमिकामा देखिने अभिनेता सारुक ताम्राकार र आमाको मूभिका निर्बाह गरेकी अभिनेत्री कुसुम गुरुङले चलचित्रको बिषयमा जानकारी दिँदै आएका छन् ।

यो चलचित्रका नायक एवम् बाल कलाकार आयुब सेन कन्सटको मुख्य आकर्षण बन्ने गरेका छन् । उनलाई स्टेजमा देख्दा दर्शकले ताली र सिट्टीले साथ दिने गरेका छन् । आयुबले पनि दर्शकहरुलाई सम्बोधन गर्दै चलचित्र हेरेर आफुलाई साथ दिन अनुरोध गर्दै आएका छन् ।