किड क्विन नेपाल–२०१८ का प्रतिस्पर्धीको ट्यालेन्ट


व्युटी न्युज नेपाल
काठमाडौं, ११ भाद्र

‘१५ औं किड क्विन नेपाल–२०१८’ का प्रतिस्पर्धीहरुले ट्यालेन्ट शोमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
नेप्लीज फेसन होमद्धारा बागबजारस्थित एक क्याफेमा आयोजित ट्यालेन्ट शोमा १८ जना प्रतिस्पर्धीहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरे ।

प्रतियोगितामा सहभागी काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुमध्ये अधिकांशले ट्यालेन्ट शोमा नृत्य प्रदर्शन गरे ।

ट्यालेन्ट शोमा ओजस्वी महर्जन, वृक्षा गुरुङ, जेनिशा तामाङ, नसाना महर्जन, अपेक्षा शेरचन, आयुष्मा सिम्खडा, डोल्मा छिरिङ गुरुङ, आयाक्षु श्री श्रेष्ठ, इशा श्रेष्ठ, दिया नापित, स्वेना श्रेष्ठ तथा एञ्जेल खत्रीले शास्त्रीय, लोक, आधुनिक नृत्य प्रस्तुत गरे ।

प्रतिस्पर्धी सम्बृद्धि श्रेष्ठले चित्रकलामार्फत आफ्नो प्रतिभा प्रदर्शन गरिन भने प्रिया श्रेष्ठले गायन कला प्रस्तुत गरिन् ।

नुभूति गिरीले पियानो वादन गरेर प्रतिभा प्रदर्शन गरेको सो कार्यक्रममा लूमिला जोशीको अभिनय कला हेर्न पाईयो ।

ट्यालेन्ट शोमा फोटोग्राफर शिवलाल श्रेष्ठ, उद्यमी उज्ज्वल कृष्ण श्रेष्ठ, अञ्जु श्रष्ठ, रेडियोकर्मी चन्द्रमणि गौतम, मोडलहरु सरिशा श्रेष्ठ, सृष्टि शाक्य, खेलकर्मी अशोक श्रेष्ठ, बैंकर प्रविणा रावलले निर्णायकको भूमिका निर्वाह गरे ।

किड क्विन नेपाल–२०१८ को ग्रँन्ड फिनाले १६ भदौमा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिने आयोजक नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताईन् ।