भिडियोमा डब्बु क्षत्रीको यो तन यो मन…


व्युटी न्युज नेपाल
काठमाडौं, ११ भाद्र

गीतकार तथा पत्रकार डब्बु क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा सँग्रहित गीत यो तन यो मन…को भिडियो रिलिज गरिएको छ । क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर आफ्नै च्यानल व्युटी न्युज नेपालबाट यो भिडियो रिलिज गरेका हुन् । उनले यो गीतिसँग्रहको अघिल्लो वर्ष आफ्नो जन्म दिनकै अबसरमा रिलिज गरेका थिए ।

यो गीतको छायाँकन हालै मलेशियामा गरिएको हो । गीतको भिडियोमा मोडल कमला हाङखिम राई र पूर्ण सुब्बा योङहाङको अभिनय रहेको छ । गीतको छायाँकन मलेशियाको पर्यटकीय शहर मेलाक्कामा गरिएको हो ।

जसमा रोशनी न्यौपानेको मेकअप रहेको छ । भिडियोलाई अशोक मल्लले छायाँकन गरेका हुन् । यो गीतलाई सुजन न्यौपानेले खिचेको हुन् ।

यो गीतमा सन्तोष श्रेष्ठको संगीत र रेश्मा पुन मगरको स्वर रहेको छ । गीतलाई संगीत संयोजन जुगल डंगोलले गरेका हुन् । भिडियो निर्देशक डब्बु क्षत्री आफैं हुन् । दुई दिन अघि रिलिज गरिएको भिडियोले दर्शकको राम्रो साथ पाईरहेको गीतकार क्षत्रीले बताए ।