खरिबोटमा सुलोचनाको नयाँ पार्लर, नायिका निता ढुँगानाले गरिन उद्घाटन


व्युटी न्युज नेपाल
काठमाडौं ९ भदौ

बरिष्ट व्युटिसियन सुलोचना श्रेष्ठले काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक सुविधा सम्पन्न ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को सफलता पछि मिन भवनकै खरिबोटमा नयाँ व्युटी पार्लर ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ सुरु गरेकी छिन् ।

अभिनेत्री निता ढुँगानालाई ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ ब्रान्ड एम्बेस्डरमा अनुबन्धित गर्दै यो नयाँ पार्लरको उद्घाटन गरिएको छ ।

रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खरिबोटको यो नयाँ आउटलेटको बरिष्ट व्युटिसियन डा. राजश्री श्रेष्ठ, अभिनेत्री निता ढुँगाना, र बरिष्ट व्युटिसियन सीता पाठकले सँयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बरिष्ट व्युटिसियन डा. राजश्री श्रेष्ठले सुलोचना दक्ष व्युटिसियनसँगै सक्षम व्युटिसियन प्रशिक्षक भएकाले उनले अझ धेरैलाई गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरिन् ।

उद्घाटन समारोहमा अभिनेत्री निता ढुँगानाले रविना व्युटी पार्लरको सफलताको कामना गर्दै आफ्नो सुन्दरतामा अब अझ निखार ल्याउन यो व्युटी पार्लरले सघाउने बताएकी छिन् । उनले कार्यक्रममा बोल्दै रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको सफलताको कामना समेत गरिन् । यसमा आफुसँगै सेवा लिनका लागि उनले अरुलाई पनि अनुरोध गरेकी छिन् ।

सिटिईभिटी अन्तर्गतका व्युटिसियनहरुको लेवल १ र २ को परीक्षाको लागि बैधानिक रुपमा उत्कृष्ट सेन्टरको समेत मान्यता पाएको यो पार्लर तथा ट्रेनिङ सेन्टर सेवा र प्रशिक्षण दुबै कुरालाई मध्यजनर राखेर सुरु गरेको यसकी अध्यक्ष सुलोचना श्रेष्ठले बताएकी छिन् ।

आफुहरु हेयर केयर, स्किन, केयर, बडी केयर सबै सौन्दर्य सम्बन्धि सबै सेवा ग्राहकलाई आधुनिक प्राविधिबाट दिने पनि सुलोचनाले बताईन् । व्युटिसियन बन्न चाहने जो कोहीलाई पनि गुणस्तरीय र राम्रो शिक्षा आफ्नो ट्रनिङ सेन्टरबाट दिने पनि उनले बताईन् ।

कार्यक्रममा अर्की अग्रज व्युटिसियन सीता पाठकले पनि रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले लामो समयदेखि यो पेशामा निकै प्रगति गरेको बताउँदै यसको थप सफलताको कामना गरिन् ।

यस्तै बरिष्ट व्युटिसियनहरु सुमित्रा रञ्जित, सोनी कारञ्जित, शुशिला चुडाल, अनिता खड्का, वर्षा मिश्र, मेनुका सिवाकोटी, सिता श्रेष्ठ सहित विभिन्न व्युटिसियनहरुले पनि उद्घाटन समारोहमा सुलोचनालाई नयाँ पार्लरको लागि बधाई दिँदै सफलताको कामना गरे ।