रणबीरसँग आफ्नो प्रेम भएको आलियाको बयान


एजेन्सी, मुम्बई

बलिउड अभिनेत्री आलिया भट्टले आफु र रणबीर कपुर प्रेम सम्बन्धमा रहेको एक अन्तरवार्ताको क्रममा बताएकी छिन् ।

फिल्म ब्रम्ह्शास्त्रको सुटिङमा अहिले आलिया र रणबीर व्यस्त छन् । आलियाले यस अघि प्रेमबारे यसरी खुलेर बोलेकी थिईनन् । उनलाई परिवारको दवाव थियो । अहिले भने आफु र रणबीरको प्रेम सम्बन्धबारे दुबै पक्षको परिवारको समर्थन रहेको यी अभिनेत्रीले बताएकी छिन् ।

केही समय अघि आलियाका पिता एवम् बलिउडका निर्देशक महेश भट्टले आलियाको अहिले विवाह गर्ने बेला नभएको बताएका थिए । छोरीलाई रोमान्स भन्दा काममा ध्यान दिन समेत महेशले सुझाब दिएका थिए । तर अहिले महेशले आलियाको र रणबीरको सम्बन्धलाई स्विकारेका छन् ।

रणबीरको परिवारले आफुहरुको प्रेमलाई धेरै अघि स्विकारे पनि आफ्नो बुबाले हालैमात्र स्विकारेको आलियाले अन्तरवार्ताको क्रममा बताएकी छिन् । तर यी अभिनेत्रीले आफु र रणबीरको विवाह कहिले हुने भन्नेबारे केही पनि बताएकी छैनन् ।