शनिबार दिउँसोबाट नाइँ नभन्नु ल–५ ले लियो पिक अप


रिलिज चलचित्र 

व्युटी न्युज नेपाल
काठमाडौं, ९ भाद्र

मुलुकका करिब १०० ओटा सिनेमा हलमा रिलिज भएको चलचित्र ‘नाइँ नभन्नु ल–५’ले शुक्रबार मध्यम व्यापार गरेको थियो । यो फिल्मको शुक्रबार काठमाडौंका सिनेमा हलमा दर्शकको उपस्थिति समग्रमा ६० देखि ८० प्रतिसत थियो । शनिबार बिहान पनि काठमाडौंमा निरन्तर पानी परेका कारण दर्शक केही कम नै थिए । तर बिहान ११ बजेको शोबाट मल्टिप्लेक्समा प्राय हाउसफुल भएको सम्बन्धित हल सञ्चालकले बताएका छन् ।

आईतबार जनै पूर्णिमा र सोमबार गाईजात्रा परेकाले नाइँ नभन्नु ल ५ को अहिलेको व्यापारले निरन्तरता पाउने आशा गरिएको छ । फिल्मले आईतबार पनि क्युफएएक्समा १० ओटा शो पाएको छ ।

वान टाइम सिनेमाको ब्यानरमा निर्माण गरिएको नाइँ नभन्नु ल–५ मा दिलीप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रिना शर्मा, जयनन्द लामा, बुद्धि तामाङ, उत्तम केसीलगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । विकाससँगैसँगै यस चलचित्रलाई सामीप्यराज तिमिल्सिनाले संयुक्त रूपमा लेखेका हुन् ।