अल्विना भईन ‘टिन प्रिन्सेस नेपाल–२०१८’


व्युटी न्युज नेपाल
काठमाडौं, ९ भाद्र

आफ्ना दर्जन प्रतिपर्धीलाई पछि पार्दै काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले ‘टिन प्रिन्सेस नेपाल–२०१८’को ताज चुमेकी छिन् ।

काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा र्याम्प जोनद्वारा शुक्रबार अबेर रात आयोजित ‘टिन प्रिन्सेस नेपाल–२०१८’ मा अल्विनाले मिस व्युटिफुलको सह उपाधि पनि प्राप्त गरिन् । टिन प्रिन्सेस नेपाल भए बापत क्राउन, ट्रफीसँगै रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा ४० हजार रुपैयाँको व्युटिसियन कोर्ष, मर्सी एजुकेशनबाट आईएल्स् कोर्ष र विभिन्न उपहार पनि उनले प्राप्त गरिन् ।

टिन प्रिन्सेस नेपाल–२०१८मा समिना नकर्मीले फस्ट रनर अप सहित मस्ट इन्टेलिजेन्ट, सविना धानुकले सेकेन्ड रनरअप सहित मस्ट ट्यालेन्ट र मस्ट फ्रेन्ड्लीको उपाधि हाँसिल गरे ।

सो प्रतियोगितामा अन्य सह उपाधि तर्फ पनि प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत बेस्ट पर्सनालिटी र पोजेटिभ एटिच्युडमा निशा लता राई, मस्ट फोटोजेनिकमा आरती चौलागाई, मस्ट डेडिकेटेडमा तारा दयाल, बेस्ट क्याटवाकमा शान्ति ढकाल, बेस्ट स्माईलमा आस्मा खड्का, मस्ट पपुलर तथा भिवर्स च्वईसतर्फ मोमिला भुजेल मगर घोषत भए ।

मोनिका श्रेष्ठ र दिग्बिजय श्रेष्ठको संयोजनमा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफरमा आश्विनी झा थिए । आयोजक संस्था र्याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठले किशोरीहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको बताईन् । यो प्रतियोगिताको अफिसियल मिडिया व्युटी न्युज नेपाल रहेको थियो ।