बाल मोडल सम्राटको अभिनयमा ए इज फर एप्पल


व्युटी न्युज नेपाल
काठमाडौं ८ भाद्र

बाल मोडल सम्राट दाहालको मुख्य भूमिका रहेको बालगीत ए इज फर एप्पलको भिडियो उनकै युट्युव च्यानल सम्राट क्रिएसनबाट सार्वजनिक भएको छ । हालै मात्र राट्रभक्तिले ओतप्रोत एउटा गीतको भिडियो अभिनय गरेका बालकलाकार सम्राट दाहालको यो शैक्षिक भिडियोमा पनि ससक्त अभिनय छ ।

यो गीतलाई बाल गायक आयुष केसीले गाएका हुन् । मुख्य गरेर अल्फाबेट सिक्न चाहने बालबालिकाहरु प्रति लक्षित गरेर यो गीत बनाईएको छ । योे शैक्षिक गीतलाई बालगायक आयुषले निकैनै मिहेनत गरेर गाएका छन् । यसमा बालगीतमा सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको छ ।

यो बाल गीतको भिडियोलाई सुमन दाहालले निर्देशन गरेका हुन् । सुजिता सिटौलाले छायांकन गरेको यस बाल शैक्षिक गीतको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

यस्ताे बनेकाे छ भिडियाे 

यस शैक्षिक गीतका गायक केसीलाई निकै मिहेनतका साथ खोजेपछि मात्र भेटिएको जनाउँदै निर्देशक दाहालले भने, ‘यस गीतले बालबालीकाहरुलाई पढ्न र सिक्न धेरै नै मद्दत गर्नेछ । बालबालिकाहरुलाई यस गीतबाट पढाई र सिकाइकालागि निकै नै सहयोग पुग्ने छ ।’