काठमाडौंदेखि मोफसलसम्म मेरी मामुको कन्सर्ट


व्युटी न्युज नेपाल
काठमाडौं, ७ भाद्र

१५ भाद्रबाट देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मेरी मामु’को प्रदर्शन मिति नजिकिँदै छ । यसै क्रममा यो सिनेमाको युनिट राजधानीमा कन्सर्ट गर्दै दर्शक एवं सञ्चारकर्मीसँग साक्षात्कार गर्न मोफसल यात्रामा निक्लने भएको छ ।
आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा ६ वर्षका बालक आयुब सेन मुख्य भुमिकामा छन् । यस्तै अश्लेषा ठकुरी, सारुक ताम्राकार, कुसुम गुरुङको यसमा अभिनय छ ।

‘प्रेम गीत’ र ‘प्रेम गीत २’को सफलतापछि आफूले बालबालिकाहरूका लागि मेरी मामु निर्माण गरेको निर्माता सन्तोष लामाले बताए । मोफसलका पाँच सहरमा सांगीतिक कन्सर्ट राखिएको पनि सेनले बताए । यो कन्सर्ट कार्यक्रमअन्तर्गत ७ र ८ भादौमा काठमाडौंमा प्रस्तुति दिएपछि टोलीले ९ भाद्रमा पोखरा, १० मा बुटवल, ११ भाद्रमो चितवन, १२ भाद्रमा इटहरी तथा दमक हुँदै १३ भाद्रमा धरान पुगेर सम्पन्न गरिने छ ।

यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्रको कथा बालबालिकादेखि किशोर हुँदै प्रौढसम्मलाई मन पर्नेछ । त्यसैले, यसअघि स्कुलस्कुलमा विभिन्न कार्यक्रम गरिए पनि यसपटक सबै दर्शकमाझ पुग्न कन्सर्ट यात्रा सुरु गरेको उनले जानकारी गराए ।