चर्चित हुँदै गोजीमा दाम छैन…, तीन दिनमा ७ लाख दर्शकले हेरे


व्युटी न्युज नेपाल
काठमाडौं, ७ भाद्र

चलचित्र चँगा चेटको गीत गोजीमा दाम छैन…दिन प्रतिदिन लोकप्रिय बनिरहेको छ । यो गीत तीन दिन अघि रिलिज गरिएको थियो ।
रिलिज भएको भोली पल्ट टेन्डिङमा समेत परको यो गीतलाई अहिलेसम्म करिब ७ लाख पटक युट्युव हेरिसकिएको छ । यसलाई ओएसआरको युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

यो गीतमा प्रियाँका कार्की र आयुष्मान देशराज जोशी, रबिन्द्र झा र सुरक्षा पन्त तथा संदीप क्षत्री र पारमिता राज्यलक्ष्मी राणा जोडी बनेको छन् । गीतमा यी तीन जनाको अभियन निकै रमाईलो छ ।

राजनराज सिवाकोटी, मेलिना राई र गृष्मा सिवाकोटीको स्वर रहेको यो गीतमा संगीत राजनराज सिवाकोटीकै रहेको छ । गीतलाई हरिहर तिमिल्सिनाले लेखेका हुन् ।

यो गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् । गीतलाई निरज कँडेल र नवराज उप्रेतीले खिेचका हुन् ।
यो चलचित्रको निर्देशक दीपेन्द्र के खनालले गरेका हुन् । जसमा निर्माताको रुपमा माधव वाग्ले र शर्मिला पाण्डे रहेका छन् । चलचित्र चँगा चेटलाई आगामी १६ कात्तिकबाट देशव्यापी प्रदर्शन गरिने भएको छ ।