दिलाशा ‘मिस नेपाल युएसए २०१८’


व्युटी न्युज नेपाल
डलास (टेक्सस) ६ भाद्र

छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज दिलाशा न्यौपानेले जितेकी छन् । नेब्रास्का निवासी २४ बर्षिय दिलाशाले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । टेक्सस शहरमा १९ अगस्टमा एक भब्य कार्यक्रममा उनले शिर्ष उपाधिका साथ मिस एकेडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारिन् ।

प्रतियोगीतामा फस्टरनरअफ टेक्ससकी २२ वर्षिय पोसा घर्तीमगर र सेकेण्ड रनरअप कोलोराडोकी २१ वर्षिया कृति ढुंगेल घोषित भईन् । घर्तीमगरले मिस पर्सनालिटि, मिसकल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड जित्न सफल भइन् ।

प्रतियोगीतामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस, अदीति श्रेष्ठ मिस डिसिपिलिन, निलिया गुरुङ मिस फोटोजेनिक, विना श्रेष्ठ मिस क्याटवाक, स्वीकृती भट्टराई मिस ट्यालेन्ट र वियन्का अधिकारी मिस नेपाल टेक्ससको उपाधि हात पारे ।

टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगीतामा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डको समेत सहभागीता रहेको थियो ।

पूर्व मिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठ लगायतको प्रशिक्षक बाट बिभिन्न प्रशिक्षण सहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । प्रतियोगी सिगार्ने जिम्बेवारी मञ्जु दुलाल(सापकोटा)ले गरेकी थिइन् ।

सन् २०११ देखि अमेरिकाको न्युयोर्क शहरबाट सुरु भएको प्रतियोगीता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोस सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् ।

यसपटकको प्रतियोगीताको होष्ट संजय गुप्ताले गरेका थिए । प्रतियोगीको फेसन डिजाइन लजिमा सुब्बा र क्षतिजा शाक्यले तयार गरेका थिए । सौन्दर्य प्रतियोगीताको यो छैठौ संस्करण नेपाल ११ इन्टरटेनमेनका प्रतीक सुवेदीको ब्यावस्थापन हेरेका थिए ।