पत्रकार शान्तिप्रिय सम्मानित, पुन पुरस्कृत


व्युटी न्युज नेपाल
दाङ, ५ भाद्र

बरिष्ठ पत्रकार एवम् गीतकार शान्तीप्रिय सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ दाङले उनलाई संघको बार्षिक उत्सबका अबसर पारेर सोमबार दाङमा आयोजित भब्य समारोहका बिच ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान–२०७५’ बाट सम्मान गरेको हो ।

कार्यक्रमका तुलसीपुर उपमहानगरपालीकाका मेयर घनश्याम पाण्डले शान्तीप्रियलाई सम्मानपत्र प्रदानगर्दै सम्मान गरेका हुन् ।

विगत २ दशकदेखि रंगपत्रकारितामा क्रियासिल रहि पत्रकारिताको माध्यम बाट चलचित्र क्षेत्रको विकासमा अतुलनीय योगदान र्पुयाएको भन्दै वरिष्ठ रंगपत्रकार एवं साहित्यकार शान्तीप्रियलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७५ बाट सम्मान गरेको हो ।

कार्यक्रममा सम्मानित पछि पत्रकार शान्तिप्रियले चलचित्र पत्रकार संघले आफुलाई सम्मानीत गरेकोमा आभार ब्यक्त गर्दै सकृय शाखाहरु मध्ये दाङ्ग शाखा पनि एक रहेको बताए ।

कार्यक्रम्मा बिशिष्ठ अतिथी नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेल, चलचित्र पत्रकार संघ नेपालका निबर्तमान अध्यक्ष शान्तिप्रिय थिए । उपाध्यक्ष पोखरेलले चलचित्र पत्रकार संघ दाङ् शाखालाई अझ सकृय रुपमा चलचित्रका गत्तिबिधिहरु बढाउन शुभकामना दिएका थिए ।

कार्यक्रममा वृहत साँस्कृतिक कार्यक्रम समेत आयोजना गरीएको थियो । संघले पहिलो पटक साँस्कृतिक प्रस्तुति संगै विभिन्न विधामा सम्मान र पुरस्कार पनि प्रदान गरेको हो ।

यस्तै जिल्लामा रहेर एक दशक भन्दा बढी चलचित्र पत्रकारितामा कमल चलाउदै आएका रंगपत्रकार शिव पुन११ हजार १ सय ११ रुपैयाँ राशिको देवलोचन स्मृति चलचित्र पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भए । यो पुरुस्कार चलचित्र पत्रकार संघ दाङ शाखाका संस्थापक अध्यक्ष किशन रेग्मीले आफ्ना हजुरबुबाको सम्झनामा स्थापना गरेका हुन् । पुरुस्कार ग्रहणपछि पत्रकार पुनले पत्रकारीतामा लाग्न अझ जाँगर चलाएको बताए ।

कार्यक्रममा गायक कृष्ण काफ्ले, गायिका सहिमा श्रेष्ठ, संगीतकार सन्तोष श्रेष्ठ,गीतकार एवं सञ्चारकर्मी लोकराज अधिकारी लगाएतका कलाकारहरुले आ आफनो प्रस्तुती दिएका थिए ।

दाङ्मा रहेर चलचित्र गत्तिबिधि बढाउन भुमिका खेल्ने संघका अध्यक्ष युवराज न्यौपाने लगाएत संघका सबै कार्यसमितिहरुमा अझ सकृयहुन आग्रह गरे ।

संघका अध्यक्ष युवराज न्यौपाने अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सचिव सन्तोष केसीले चलचित्र पत्रकार संघ दाङ्ग शाखाले गरेका गतिबिधिहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी पाण्डे, बिशिष्ठ अतिथी बिपुल पोखरेलले चलचित्र पत्रकार संघ दाङ्ग शाखाको सकृयताले पत्रकारीतामा नयाँ आयम थपिएको चर्चा गरेका थिए ।