अमेरिकामा नेम्फा फिल्म अवार्ड, यी हुन अवार्ड पाउने १५ भाग्यमानी सिनेकर्मी


व्युटी न्युज नेपाल
काठमाडौं, ५ भाद्र

एक वर्ष अघि नेम्फा अवार्डको तयारी अमेरिकामा गरेर पनि कलाकारलाई भिषा लागेन भन्दै नेपाल चलचित्र संघले सो अवार्ड रद्द गरेको थियो । सोही संघले यस पटक अमेरिकाको पहिला नै भिषा भएका कलाकारलाई लगेर अवार्ड प्रदान गर्ने भएको छ ।

आगामी ३१ अगस्टदेखि २ सेप्टेम्बरमा अमेरिकामा हुने ‘नेपाली नेसनल कन्भेन्सन–२०१८’ मा संघले ‘नेम्फा पपुलर फिल्म अवार्ड–२०१८’ प्रदान गर्न लागेको हो ।

यो संघका अध्यक्ष प्रदीपकुमार उदयले सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बिगतमा भिषा नभएकाहरुलाई लैजान खोज्दा धेरैकाे भिषा नलागेपछि अर्वाड गर्न नसकिएकाे खुलाए । उनले यसपटक तीन जना बाहेक सबै अमेरिकाकाे भिषा भएका कलाकारहरु अवार्डमा सहभागी हुन जान लागेकोे बताएका छन् ।बाँकी तीनकाे पनि  भिषा लाग्नेमा अाफुहरू  अाशाबादी भएकाे उनले बताए ।

यसपटक विभिन्न १५ विधामा पपुलर अवार्ड प्रदान गरिने भएको छ । जसमा पपुलर फिल्म, पपुलर निर्देशक, पपुलर अभिनेता, पपुलर अभिनेत्री, पपुलर सहअभिनेता, पपुलर सहअभिनेत्री, पपुलर हास्य कलाकार, पपुलर चलचित्र संगीतकार, पपुलर चलचित्र गीत गायक, पपुलर चलचित्र गीत गायिका, पपुलर नव निर्देशक, पपुलर दर्शकका अभिनेता र पपुलर दर्शककी अभिनेत्री, चलचित्र योगदान अवार्ड र चलचित्रमा आजीवन योगदान अवार्ड प्रदान गरिने भएको छ ।

यी १५ विधामा अवार्ड पाउने सम्भावित सिनेकर्मीहरु
पपुलर फिल्म                                      कृ
पपुलर निर्देशक,                                   दीपाश्री निरौला
पपुलर अभिनेता                                  अनमोल केसी
पपुलर अभिनेत्री                                   निता ढुँगाना
पपुलर सह अभिनेता,                            जितु नेपाल
पपुलर सह अभिनेत्री,                            केकी अधिकारी
पपुलर हास्य कलाकार                          केदार घिमिरे (माग्ने बुढा)
पपुलर चलचित्र संगीतकार                     अर्जुन पोखरेल
पपुलर चलचित्र गीत गायक                   सुगम पोखरेल
पपुलर चलचित्र गीत गायिका,                अञ्जु पन्त
पपुलर नव निर्देशक                              झरना थापा
पपुलर दशकका अभिनेता                      दीपकराज गिरी
पपुलर दशककी अभिनेत्री                      रेखा थापा
चलचित्र योगदान अवार्ड                        सुनिल थापा
चलचित्रमा आजीवन योगदान अवार्ड        नीर शाह,

अवार्डको लागि मँगलरबासम्म संगीतकार अर्जुन पाखरेल बाहेक बाँकी सबै कलाकारको अमेरिकाको भिषा लागिसकेको छ । अञ्जु पन्त त अमेरिकामै छिन् । ‘एसोसिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका (एनमा), नेप्लिज एसोसिएसन इन साउथेस्ट अमेरिका (नासिया) र नेप्लिज एसोसिएसन इन द अमेरिका (एएनए) को संयुक्त आयोजनामा ‘नेपाली नेसनल कन्भेन्सन–२०१८’ हुँदै छ । यो कन्भेन्सनमा अमेरिमा रहेको र अन्य देशबाट त्यहाँ कार्यक्रममा सहभागी हुन जानेसहित ४ हजार नेपालीहरु उपस्थित हुनेछन् । सोही सम्मेलनमा नेपाल चलचित्र संघले पपुलर अवार्ड गर्न लागेको हो ।

अवार्ड कार्यक्रमका संयोजकसमेत रहेको नेपाल चलचित्र संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र महर्जनले पत्रकार भेटघाटका क्रममा भने, ‘४ हजारभन्दा बढी नेपालीहरुको उपस्थित रहेको कार्यक्रममा नेपाली चलचित्रसम्बन्धी अवार्ड गर्दा नेपाली चलचित्रको विस्तारमा मद्दत पुग्ने विश्वास हामीले लिएका छौं । त्यसैले, हामीले छोटो समयमै यो अवार्ड कार्यक्रमको तयारी गरेका हौं,’ महर्जनले भने । हरेक वर्ष हुने यो सम्मेलनमा आगामी वर्षबाट नेपाली चलचित्रको अवार्डसँगै महोत्सव पनि गर्ने योजना उनले सुनाए ।

अवार्डको तयारी पूरा भएको र आफूहरु यसै साता सो अवार्डमा सहभागी हुन अमेरिका जाने पनि अध्यक्ष उदयले पत्रकार भेटघाटमा जानकारी गराए । यो अवार्डका लागि नेपालबाट २० जना कलाकार सहभागी हुने पनि निर्माता संघका अध्यक्ष प्रदीपकुमार उदयले जानकारी गराए ।

यस्तै यो टिममा माथि उल्लेख गरिएका कलाकारसहित विल्सन बिक्रम राई, अर्जुन श्रेष्ठ, सरिता लामिछाने, सुमन गिरी र सीतादेवी तिमिसिना गरी २० जना कलाकार अमेरिका जाने भएका छन् । संघका निवर्तमान अध्यक्ष नकिम उद्दीन यस अघि नै अवार्ड तयारीका लागि अमेरिका गईसकेका छन् ।