नार्इ नभन्नु ल १ र ३ छाडेकी केकीले यसकारण खेलिन नाइँ नभन्नू ल ५


व्युटीन्युज नेपाल
काठमाडौं, ४ भाद्र

यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘नाई नभन्नु ल–५’ खेल्नुको कारणरबो अभिनेत्री केकी केकी अधिकारीले खुलासा गरेकी छिन् । आफुलाई चलचित्र ‘नाइँ नभन्नू ल’को पहिलो शृंखलामै नायिकाको प्रस्ताव गरिएको उनले बताएकी छिन् । तर त्यतिबेला अर्को चलचित्रमा व्यस्त भएका कारण काम गर्न नाई भनेका केकीले बताएकी छिन् ।

अहिले नाई नभन्नु ल ५ को प्रचारमा व्यस्त रहेकी यी अभिनेत्रीले नाइँ नभन्नू ल ५ मा काम गर्ने अवसर जुरेको मानेकी छिन् । नाइँ नभन्नू लका विगतका सृँखलामा काम नगरेकी यी अभिनेत्रीले पाँचौं शृंखलामा निर्देशक विकास आचार्यको वचन काट्न नसकेर काम गरेकी हुँ भनेकी छिन् ।

‘विकास अंकलले पहिलो चलचित्रदेखि नै मलाई सम्झने गर्नुभएको थियो । विविध कारणले गर्न पाएको थिइनँ । तर फेरि ५ मा काम गर्ने अवसर आयो, मैले एक सेकेन्डमै हुन्छ भनेकी हुँ ।’ केकीले एक भेटमा भनिन् ।

नाई नभन्नु ल ५ मा प्रस्ताव आउँदा उनी आफैंले निर्माण गरेको चलचित्र कोहलपुर एक्सप्रेसको प्रदर्शन तयारीमा व्यस्त थिईन् । एक्कासी विकाश आचार्यले नाई नभन्नु ल ५ मा नायिका बन्न प्रस्ताव गरेपछि उनले नाई भन्न सकिनन् । अनी आफ्नो फिल्मको प्रचार छाडेर यो फिल्मको छायाँकन गर्न झापा पुगिन् ।

यो फिल्मबारे केकीले भनिन्,‘हाम्रो लागि नाइँ नभन्नू ल सिनेमा नभई एउटा परिवार हो । यस्तो चर्चित परिवारको अंग बन्न पाउँदा निकै खुसी छु ।’

यसै प्रसँगमा निर्देशक विकास आचार्यले भने,‘केकीलाई मैले नाइँ नभन्नू लमा प्रस्ताव गर्दा उनी त्यत्तिबेला फिल्म ‘स्वर’मा थिइन् भने नाइँ नभन्नू ल ३ मा पनि भ्याइनन् । तर नाइँ नभन्नू ल ५ मा प्रस्ताव गर्दा उनले नाइँ भनिनन् ।,’

निर्देशक आचार्यले नाइँ नभन्नू ल ५ का लागि केकीले निर्वाह गरेको भूमिकामा उनी जत्तिको उपयुक्त अरू कलाकार नदेखेको दाबी गरे । सोही कारण छायांकनमा जाँदा जाँदै केकीलाई चयन गरेको निर्देशक आचार्यले खुलाए । आफूले पटकपटक चलचित्रमा प्रस्ताव गरे पनि केकीले नायिकाको प्रस्ताव अस्विकार गर्दा आफूलाई दिक्क नलागेको बताउँदै निर्देशक आचार्यले भने,‘उनले नाइँ नभन्नू ल ५ मा खेल्नुपर्ने रहेछ, त्यसैले पो नाइँ नभन्नू लमा विगतमा काम गर्न नभ्याएकी रहिछन्,।’

नाइँ नभन्नू ल ५ मा केकीसँगै निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मीसहितका कलाकारको अभिनय छ ।