आठ सहरमा ‘रोज’को कन्सर्ट तथ, दर्शक नचाउँदै प्रदीप र प्रतापदास


व्युटी न्युज नेपाल
काठमाडौं, ३ भाद्र

२२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र र ‘रोज’को मुलुकका आठ मुख्य सहरमा कन्सर्ट हुने भएको छ । चलचित्रको निर्माण टिमले ‘रोज’को कन्सर्टका लागि आठ शहर चयन गरेका छ ।

रोजी महर्जनको परिवारसँगको बार्तापछि शुक्रबारमात्र यो चलचित्रको ‘रोजी’बाट ‘रोज’ नामाकरण गरिएको थियो । क्राइम थ्रीलर ड्रामा जनरको भनिएको यो चलचित्रको मुख्य कलाकार प्रदीप खड्का सहितका कलाकारले मोफसल यात्रामा सञ्चारकर्मीसँग साक्षात्कार गर्नेछन् ।

चलचित्रका निर्देशक निरक पौडेलका अनुसार यो चलचित्रको मोफसल यात्रा तालनगरी पोखराबाट १४ भदौदेखि सुरु हुनेछ । पोखराको मिडटाउन ग्यालरी अगाडि ‘रोज’का कलाकारले १४ भदौमा कन्सर्ट गर्नेछन् । सोहीदिन प्रेस कन्फ्रेन्स पनि हुनेछ । यस्तै १५ भदौ १५ मा औद्योगिक नगरी बुटवलमा र १६ भदौ नारायणगढमा कन्सर्ट गरिने छ । यसपछि १७ भदौ इटहरी र धरानमा, १८ भदौ दमक र बिर्तामोड कन्सर्ट गरेर कलाकारहरु काठमाडौं फर्कने छन् ।

गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टद्वारा निर्मित यो चलचित्रको २० भदौमा काठमाडौंमा कन्सर्ट हुने पनि निर्माण पक्षले जनाएको छ । मोफसल यात्राको कन्सर्टमा अभिनेता खड्का खड्का, नेपाल आइडलको सेकेन्ड रनर अप गायक प्रताप दाससँगै रोजका बाँकी अभिनेता अभिनेत्री प्रस्तुत हुनेछन् । क्रेजलाई टुरले आत्मसात गर्ने अपेक्षा गरिएको छ ।