जोजोलोप्पा फेशन रनवेबाट बालबालिकाको पढाईमा सहयोग


व्युटी न्युज नेपाल
काठमाडौं, ३ भाद्र

अनाथ तथा गरिब बालबालिको सहयोगार्थ शुक्रबार ललितपुरमा ‘जोजोलोप्पा फेशन रनवे २०१८’ सम्पन्न भएको छ । रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा फेशन सो गरिएको हो । क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगका लागि कार्यक्रम गरिएको हो ।

यो फेशन शोमा अभिनेत्री सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर थिए । एक दर्जन भन्दा बढि चर्चित मोडलहरुले र्याम्पमा क्याटवाक गरे । डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु र्याम्प शोमा उत्रिएका थिए । यस शोमा नेपालका चर्चित गायकगायिकाले सांगितिक प्रस्तुति दिएका थिए । गायिका रमिता भण्डारी, एन्जिला रेग्मी, प्रशन्ना पाण्डेका साथमा गायकहरु जोहेव मानन्धर, दाउथ राई, पुरन प्रधान, कपिल कस्पल श्रेष्ठ, अजय तुलाधर लगायथले आफ्नो प्रस्तुति दिएका थिए ।

सो कार्यक्रमा अन्य विभिन्न पेशा तथा व्यवसाय गरेको व्यक्तिहरुको उपस्थिती रहेको थियो । फेशन शो ललितपुरको इन्द्रणी ब्याक्वेटमा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न भएको छ । यो फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए ।

क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । एजुकेशन सरोकार डट कम कार्यक्रमको अफिसियल मिडिया पार्टनर रहेको थियो । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको फाण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन ।