म्यान अफ दि इयरमा नेपालबाट सुशान्त


व्युटी न्युज नेपाल
काठमाडौं, ३ साउन

‘मिष्टर काठमाडौ २०१८ं’ का बिजेता सुशान्तकाजी श्रेष्ठले ‘म्यान अफ दि इयर २०१८’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । यो प्रतियोगिता आगामी ३१ अगष्टमा थाइल्याण्डमा आयोजना हुने छ ।

यो प्रतियोगितमा श्रेष्ठले भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापान, फिलिपिन्स लगायत ३० भन्दा बढि राष्ट्रका प्रतियोगीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एक्सपोज नेपालले श्रेष्ठलाई प्रतियोगीतामा पठाउन लागेको हो । बिभिन्न नेपाली कलासंस्कृतिक र पहिचान झल्कने पहिरन सहित श्रेष्ठ प्रतियोगीतामा भाग लिन लागेको एक्सपोज नेपालकी सिइयो अर्चना थापा बस्नेतले जानकारी गराईन् ।

प्रतियोगीताका लागि श्रेष्ठ आगामी शुक्रबार ८ भदौमा थाइल्याण्ड उड्दैछन् । नेपाली कलासंस्कृति झल्कने बिभिन्न पोसाक कार्यक्रमका लागि आफुले तयार पारेको श्रेष्ठले बताए ।

‘नेपाली कलासंस्कृति र भेषभुषा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउँन मलाई यो एक महत्वपुर्ण अवसर हो’ श्रेष्ठले भने ‘देशको नाम राखेर फर्किने छु ।’ नेपालका मौलिक गीत संगीत समेत आफुले कार्यक्रम लिएर जाने जानकारी श्रेष्ठले गराए ।