नजरै जुधाउने सन्ध्याको नयाँ तीज भाका


व्युटी न्युज नेपाल
काठमाडौं २ भाद्र

‘लौन बरै ख्याल ख्यालमै गैजाला उमेर
झ्याप्प मायाँ गाँसी हालौं दाइने घुमेर,
वर्ष र दिनमा तीजको मेला
नाच्दै कम्बर भाँच्दै यही ठाउँमा भेला…

गायिका सन्ध्या अधिकारीको नयाँ तीज भाका हो यो । यस वर्षको हरितालिका तीजलाई लक्षित गरेर गायिका सन्ध्याले यतीबेला यो गीत बजारमा ल्याएकी छिन् । उनले यो गीतलाई नजरै जुधायो…शिर्षकमा बजारमा ल्याएकी हुन् ।

यो गीतको भिडियोलाई युट्युबबाट रिलिज गरिएको छ । एशियन म्युजिकले आफ्नो च्यानलबाट यो गीतको भिडियो रिलिज गरेको हो ।

यो तीज गीतमा नरहरी प्रेमीको संगीत, माधव भण्डारीको शब्द र सन्ध्याको स्वर रहेको छ । गीतको भिडियोलाई अशोक मल्लले निर्देशन एवम् सम्पादन गरेका हुन् । यसलाई दिनेश पराजुलीले छायाँकन गरेका हुन् ।

भिडियोमा प्रतिभा चाम्लिङ्ग राईको कोरियोग्राफी छ । गीतको भिडियोमा प्रतिभासँगै श्रीजना र विभिन्न कलाकारहरुको आकर्षक नृत्य रहेको छ ।