डा. धानीको तीज गीत भीर मौरीको मह…


व्युटी न्युज नेपाल
काठमाडौं,२ भाद्र

डा. हिमाल धामीले नयाँ तीज गीत ‘भीर मौरीको मह…’ को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई उनले म्युजिक नेपालको च्यानलबाट रिलिज गरेका हुन् ।

डा. धामीको यो तीज गीतलाई रुचाउन थालिएको छ । पेशाले दन्त चिकित्सक हिमाल धामीको गीतकार समेत हुन । उनको यो पहिलो तिज कोशेली हो । उनले हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा एउटा मन छुने गीत बजारमा ल्याएका हुन् ।

गीतमा डा. धामीको शब्द÷संगीत, लय छ । जसमा सुरेश शाही र दिपा रोकायले स्वर दिएका छन् । यस्तै यो गीतको भिडियोमा करिश्मा, हिरज, लक्ष्मी र डम्बरको अभिनय रहेको छ ।
भिडियो सम्पादन मीन रावलले गरेका हुन् । भिडियोको छायांकन डीबी रौलेले गरेका हुन् । यो भिडियोलाई डीबीराज बिकले निर्देशन गरेका हुन् ।

बझाङ जस्तो विकट ठाउँको झन दुर्गम साविकको ब्याँसी गाउँपालिकामा जन्मिएका धामी सानैदेखि गीत संगीतमा रुचि राख्थे । भैसीँ गोठोला हुँदा होस् या वन पाखा जाँदा उनी गीत संगीतमा खूबै रम्ने गर्दर्थे ।