दुई दिनमै युट्युवमा १ लाख ६० हजार पटक हेरियो मेरी मामुको ट्रेलर


व्युटी न्युज नेपाल
काठमाडौं, २ भाद्र

७ बर्षका बालक आयुव सेनको मुख्य भुमिका रहेको चलचित्र ‘मेरी मामु’को ट्रेलर २ दिनमा १लाख ६० हजार पटक युट्युवमा हेरिएको छ । एक बालकलाकारको फिल्मको ट्रेलर छोटो समयमा यती धेरै हेरिनु खुसीको कुरा हो । कतिपय चलेका स्टार कलाकारको पनि छोटो समयमा ट्रेलरले यसरी दर्शकको साथ पाउँदैन ।

यसैबीच बिहिबार जावलाखेल स्थित डिएभी स्कुलमा आयोजित एक कार्यक्रममा बिद्यार्थी भाइबहिनीका माँझ मेरी मामुको ट्रेलर रिलिज गरिएको छ । त्यसपछि यसलाई युट्युवमा राखिएको हो । यो चलचित्र १५ भदौबाट देशव्यापी रिलिज हुँदैछ ।

आमा र छोराको मायाँमा केन्द्रित भएकाले स्कुलका भाइबहिनी माँझ चलचित्रको ट्रेलर रिलिज गरिएको कार्यक्रममा निर्माता सन्तोष सेनले बताएका थिए । ‘देशभरको स्कुलमा हामीले चलचित्रको क्याम्पेन चलाइरहेका छौ’ निर्माता सेनले भने ‘प्रचारकै सिलसिलामा डिएभी स्कुल पनि आएका छौ । प्रचारको बाताबरण मिलाई दिने टिभर, बिद्यालय प्रशासन सबैलाई धन्यवाद दिन चाहान्छु ।’ उनले बिद्यार्थीलाई पनि एकपटक अभिभावकको साथमा गएर चलचित्र हेर्न आग्रह गरे ।

बिद्यालयका प्रिन्सिपल अनिल केडियाले ‘मेरी मामु’ राम्रो बनेको अनुमान गर्न सकिने बताए । उनले बच्चार आमाको बिषय यसले उठाएकोले चलचित्रको कार्यक्रममा सहभागी जनाएको सुनाए । ‘आमा बाबुले आफ्नो सबै सम्पती दाउमा राखेर छोरा छोरी हुर्काउने गर्दछन्’ केडियाले भने ‘ तर छोराछोरी हुर्किए पछि बुबाआमालाई लात हान्न समेत पछि पर्दैनन् ।’

र्देशक यम थापाले चलचित्रले आमा र बच्चाको सम्बन्ध के हो भन्ने बुझाउने दाबी गर्दै बिमोचन समारोहमा भने,‘जुनै रुपमा आएपनि आमा भन्दा माथी कोही हुँदैन भन्ने सन्देश चलचित्रले दिन खोजेको छ ।’ उनले थपे ‘चलचित्र हेरेपछि छोराछोरीको आमा बुबासँगको सम्बन्ध यसको महत्व स्पष्ट हुने छ र फिल्मले सम्बन्ध झन् मजबुत बनाउन सघाउने छ ।’

अभिनेता शाहरुख ताम्रकारले चलचित्रमा आफुले बुबाको भुमिका निर्बाह गरेको बताए । सोही कार्यक्रममा अभिनेत्री कुशुम गुरुङले मेरी मामु चलचित्र राम्रो बनेको दाबी गरिन् । यस्तै ७ बर्षीय बाल अभिनेता आयुवले आफुले चलचित्रमा राम्रो काम गरेको बताउँदै हेरेर सुझाव दिन आग्रह गरे ।

यो चलचित्रमा अश्लेषा ठकुरी, सारुक तााम्राकार, कुसुम गुरुङ, दुर्गा मल्ललगायतको मुख्य भूमिका छ । निर्माण युनिट केही दिन पहिले पुर्व पश्चिम टुर सकाएर फर्किएको छ । अब केही दिनमा कन्सर्ट सहित नेपाल टुरमा निस्कने निर्माता सेनले जानकारी दिए ।