सृजना मिसेस नेपाल आईडल


व्युटी न्युज नेपाल
काठमाडौं, १ भाद्र
काठमाडौंमा सम्पन्न तेश्रो मिसेस नेपाल आईडल २०१८ को उपाधी सृजना श्रेष्ठले प्राप्त गरेकी छिन् । यो प्रतियोगिता विवाहिता महिलाहरुको हक हितकाे लागि बिगत तीन वर्ष देखि हुँदैअाएकाे छ ।

बिबाहित नारीहरुबीच भएको यो प्रतिस्पर्धामा फस्ट रनरअप, सम्रुन वाईबा घोसित भईन । त्यस्तै सेकेन्ड रनरअपको उपाधि अपाँगता पौडेल प्रधानले प्राप्त गरिन्र । उनले मस्ट कन्फिडेन्सको उपाधी पनि प्राप्त गरिन ।

 अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताका अन्य बिभिन्न विधाका सबटाईटलहरुमा पनि उपाधि दिएको छ ।जस अन्तर्गतमस्ट स्मार्ट कृष्ण कुमारी श्रेष्ठ, बेस्ट पर्सानालिटी सिमा थापा खड्का, मस्ट एट्रक्टिभ रजनी गुरुङ, बेस्ट स्माईल रमा रश्मी, बेस्ट स्किन मधु सुनार, मस्ट एक्टिभ सुशिला गुरुङ, बेस्ट हेयर इन्दिरा श्रेष्ठ, मस्ट चार्मिङ सुशिला तमाङ, बेस्ट फोटोजेनिक सुजता श्रेष्ठ, बेस्ट ड्रेस इन्दिरा श्रेष्ठ र मिसेस पब्लिकचईस सिमा थापा घोषित भए । प्रतियोगितामा १६ प्रतिस्पर्धीहरु थिए ।

प्रतियोगीकाे कोरियोग्राफी हिमानी सुब्बाले गरेकी हुन् । प्रतियोगिताकाे निर्णायकमा गायक एबं र्यापर निर्णय श्रेष्ठ, मिस नेपाल २००५ सुगरिका केसी, मिसेस मंगोल बिजेता धनमाया मगर थिए । प्रमुख निर्णायकमा गायक,  संगीतकार एबं साहित्यकार बुलु मुकारुङ रहेकाथिए ।