करिब ८० हलमा जय शम्भु, बिहानीको शोबाटै लियो पिकअप


व्युटी न्युज नेपाल
काठमाडौं, १ भदौ

प्रेमकथामा आधारित एक्सन प्रधान चलचित्र जय शम्भु शुक्रबारबाट मुलुकका विभिन्न सिनेमा हलमा प्रदर्शन भएको छ ।

यो चलिचत्रले शुक्रबार बिहानीको शोमा काठमाडौंको गोपिकृष्ण, गुण, अष्ट लगायतका हलमा राम्रो व्यापार गरेको सम्बन्धित हल सञ्चालकको भनाई छ । मोफसलका सिँगल थिएटरमा पनि यसको ओपनिकङ सुखद छ ।

चलचित्र जय शम्भु मुलुकका करिब ८० वटा सिनेमा हलबाट एकसाथ प्रदर्शनमा आउन लागेको यसका निर्माता दिनेश शाहीले बताएका छन् । फिल्मले शुक्रबार बिहानीको शो बाटै दर्शकको राम्रो साथ पाएको दिनेशको भनाई छ ।

जय शम्भुमा प्रशान्त ताम्राकार, अनुपविक्रम शाही र वर्षा शिवाकोटीको मूख्य भूमिका रहेको छ । यसका अरू कलाकारमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु राना अादि छन् ।

यो चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । जय शम्भुमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

जय शम्भुका अरू निर्मातामा अरविन्द्रमान शाक्य, चक्र पाख्रिन, कुशल शर्मा र शिक्षा काफ्ले छन् ।