ब्ल्याकमा आकाश र आँचलको गुलाबी प्रेम


फ्रइडे  रिलिज 

व्युटी न्युज नेपाल
काठमाडौं १ भदौ

चलचित्र ब्ल्याक १ भदौबाट देशव्यापी प्रदर्शनमा आएको छ । फिल्मको नाम ब्ल्याक (कालो) त राखिएको छ । तर फिल्म भित्र मुख्य नायक नायिका गुलाबी प्रेममा छन् । उनीहरुको प्रेमको आरोह कहिले रँगिन हुन्छ, त्यही प्रेमको अबरोह कहिले कालो अर्थात ब्ल्याक हुन्छ । यस्तै कथा बोकेको चलचित्र ब्ल्याक दर्शकमाझ आएको छ ।

प्रदीप श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘ब्ल्याक’ पनि शुक्रबारबाट मुलुकका पाँच दर्जन सिनेमा हलमा प्रदर्शनमा आउँदै छ । यो चलचित्रमा आँचल शर्मा, आकाश श्रेष्ठ, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षत्री, धिरेन शाक्य, प्रिया रिजाल मुख्य भूमिकामा छन् ।

करिब चार वर्षको अन्तरालपछि निर्देशनमा फर्किएका निर्देशक प्रदीप श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोही प्रकारको कथावस्तुमा चलचित्र बनाएको बताएका छन् । प्रेम धेरै प्रकारका हुने गरे पनि यो चलचित्रमा केही फरक प्रेम सम्बन्ध देखाउन खोजेको उनले बताएका छन् ।

चलचित्रकी निर्माता आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरेकी छन् । चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका छन् । रामशरण उप्रेतीले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । ब्ल्याकलाई काठमाडौंमा गोविन्द शाही र मोफसलमा उज्ज्वल पौडेल तथा मनोज राठीले वितरण गरिरहेका छन् ।