चलचित्र रोजीको नाम अब रोज, निर्माता र महर्जनपरिवारबीच सम्झौता


व्युटी न्युज नेपाल
काठमाडौं ३१ साउन

आफ्नै प्रेमीबाट हत्या गरिएको भनिएकी रोजी महर्जनको घटनामा आधारित भनेर प्रचारमा ल्याईएको चलचित्र ‘रोजी’ले त्यो आरोपबाट मुक्ति पाएको छ । मृतक रोजीकै बुबा आमाले यो चलचित्रको कथासँग छोरीको घटनाबारे सम्बन्ध नभएको आपसी सम्झौता कागज गरेका छन् ।

सोही कारण अब यो चलचित्रको नाम ‘रोजी’ बाट परिवर्तन ‘रोज’ (ROSE )बनाईएको छ । यो चलचित्रको आगामी २२ भदौबाट देशव्यापी प्रदर्शन हुँदैछ । गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो चलचित्रमा अभिनेता प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग चलचित्र रोजीको कथा परिवेस मिलेको भन्दै पटक पटक सो नाम नराखिदिन दबाव दिईरहेको थिए । उनीहरुले चलचित्र छायाँकन हुनु अघि चलचित्र विकाश बोर्डमा उजुरी दिएर यो नाममा सिनेमा बनाउन नपाउने भन्दै दबाव पनि दिएका थिए । पछि कथा देखाएर चित्त नबुझेमा नाम परिवर्तन गर्न बार्ता भएपछि यो चलचित्रको छायाँकन सुचारु भएको थियो ।

बिहिबार चलचित्र विकाश बोर्डमा निर्माता निर्देशक निरक पौडेल, निर्माता मणिकरण केसीसँग मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द एवम नानीमैयाको आपसी बार्ता भयो । सो बार्तामा आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित चलचित्रको कथा मिलेको मर्हजन परिवारले दाबी गरे । निकैलामो छलफलपछि दुईपक्षबीच सम्झौता भयो ।

चलचित्र विकाश बोर्डमा उनीहरुबीच अब निर्माण पक्षले चलचित्रको नाम ‘रोजी’ नराख्ने, चलचित्र सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ ।

निर्माण पक्ष र महर्जन परिवार बीच भएको सम्झौता पत्र

यस्तै आगामी २२ भदौमा प्रदर्शनमा आउने यो चलचित्रलाई महर्जन परिवारले पनि कुनै पनि प्रकारको बाधा नपुर्याउने सम्झौता लिखिच सम्झौता गरे । निर्माता पक्ष र महर्जन परिवारबीचको सम्झौतामा यो चलचित्रको नाम रोजी नराखिने तय भएपछि यसको नाम परिवर्तन गरेर ‘रोज’ राखिएको हो । यस चलचित्रको नाम अब अँग्रेजीमा च्इक्भ् हुनेछ ।

रोजीबाट चलचित्रलाई रोज बनाईनुको कारणबारे निर्देशक निरक पौडेले भने,‘एउटा मृतकको सम्बेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानूनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको सम्बेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहेको छ ।’

निर्देशक पौडेलले भने,‘रोजी हत्या काण्डको बारेमा मलाई सुरुमा जानकारी थिएन । महर्जन परिवारले चलचित्रको छायाँकनमा बाधा पार्न थालेपछि सो हत्याण्डबारे मैले अध्ययन गरेर केही कुरा पनि नमिलोस भन्ने पक्षमा ध्यान पुर्याएको छु ।’ रोजीको जीवनी र उनको हत्याकाण्डको अध्ययनपछि आफ्नो चलचित्रको कथामा धेरै फरक पाएकोले आफुहरुलाई नाम परिवर्तन गर्न गाह्रो नभएको पनि उनले प्रष्ट पारे ।