बाह्रमासे पछी हट्यो, मिस्टर भर्जिनले हल पाएन


व्युटी न्युज नेपाल
काठमाडौं ३१ साउन

१ भदौ शुक्रबारबाट चार नेपाली चलचित्र प्रदर्शनको तयारी हुँदैथियो । जसमध्य लय सँग्रौला निर्देशित चलचित्र बाह्रमासे अब १ भदौबाट प्रदर्शनमा नआउने भएको छ ।

बाह्रमासेका निर्माता प्रदीपका अनुसार १ भदौमा चार ओटा नेपाली चलचित्र आउँदा सबैलाई असर पर्ने भयो । सोही कारण यसलाई पछि सारिएको हो ।

१ भदौबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म जय शम्भु र ब्ल्याकको चपेटामा अर्को चलचित्र मिस्टर भर्जिन परेको छ । मुलुकभर जय शम्भुले ७ दर्जन भन्दी हल पाएको छ । यस्तै ब्ल्याकले पनि मुलुकका करिब पाँच दर्जन सिनेमा हल पाएको छ । जबकी मिस्टर भर्जिन अहिले एक दर्जन हलमा खुम्चिने अबस्थामा पुगेको छ ।

फिल्म मिस्टर भर्जिनले काठमाडौंका आधा दर्जन मल्टिप्लेक्समा एक दुई ओटा शो पाए पनि मोफसलका हलमा राम्रो शो पाउन सकेन । मोफसलमा मिस्टर भर्जिनले जम्मा ७ ओटा हल पाएको बितरकले बताएका छन् ।

प्रचार प्रसारमा निकै पछि परेको, दुई अर्थित तर अश्लिल भावका सम्बादले भरिएको भन्दै हल सञ्चालकहरुले मिस्टर भर्जिनलाई पर्याप्त हल दिएनन् । सोही कारण यसको निर्माण पक्ष अहिले तनाबमा छन् । करोडको लगातमा फिल्म बनाएर हल नपाउँदाको पीडामा अहिले यसका निर्माता छन् ।