नयाँ नेपाली म्युजिक भिडियोमा वाइल्ड रिपर्स क्रिउ


व्युटी न्युज नेपाल
काठमाडौं ३१ साउन

डान्स सम्बन्धि भारतीय रियालिटी शो डान्स प्लस डान्सबाट लोकप्रियता कमाएको नेपाली नृत्य कलाकारहरुको समुह ‘द वाइल्ड रिपर्स क्रिउ’ले गायक सन्तोष कालिकोटेको नयाँ गीत ‘जालैमा जालैमा…’ को भिडियोमा नृत्य गरेका छन् ।
यो भिडियो युट्युवबाट रिलिज गरिएको छ । भिडियोलाई बुधवार सा“झ सार्वजनिक भएको हो । यो गीतमा डम्बर हिङमाङको शब्द तथा संगीत छ । जसमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् ।

द वाइल्ड रिपर्स क्रिउ केही वर्षअघि स्टार प्लसद्वारा प्रसारित नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस टु’ को फाइनलिष्ट रहिसकेको समुह हो । समुहले नेपाल तथा भारतका थुप्रै स्टेज कार्यक्रमहरुमा उत्कृष्ट नृत्य प्रस्तुत गरिरहेको छ ।

‘जालैमा..’ गीतमा वाइल्ड रिपर्स ग्रुपसंगै म्युजिक भिडियोमा मोडल रिता कट्टेललाई पनि अभिनय गरिएको छ । अर्जुन अधिकारीद्वारा निर्देशित यो म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन, निशान घिमिरेले सम्पादन गरेका छन् ।