बाँध मायाँमा आर्यन र सृष्टिको प्रेमालाप


व्युटी न्युज नेपाल
काठमाडौं, ३० साउन

नेपाली चलचित्र बाँध मायाले को शिर्ष गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा यो गीतको भिडियो सार्वजनिक गरिएको हो । बाँध मायाले ५ असोजबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

अर्जुन पोखरेलको संगीत रहेको शिर्ष गीतको भिडियोमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको प्रेमालाप देख्न सकिन्छ । यो गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् ।

संगीतकार पोखरेलकै शब्द रहेको बाँध मायाले गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । पत्रकार भेटघाट कार्यक्रममा संगीतकार पोखरेलले यो गीतले दर्शकको मन जित्ने दाबी गरे ।

यो चलचित्रलाई सविर श्रेष्ठ निर्देशन गरेका हुन् । चलचित्र बाँध मायालेमा आर्यन अधिकारी र सृष्टि श्रेष्ठसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङको अभिनय छ । यसै सिनेमाबाट नव नायकको रुपमा किशोर खड्का नेपाली चलचित्रबृत्तमा आउँदै छन् ।