गोपिमा अब विपिन कार्की र वर्षा राउत


व्युटी न्युज नेपाल
काठमाडौं, २९ साउन

चलचित्र गोपिमा यस अघि अनुबन्धित कलाकार निस्कासनसँगै नयाँ कलाकार अनुबन्धित गरिएको छ । यसअघि अनुबन्धित नायकमा अभिनेता खगेन्द्र लामिछाने र नायिकामा अभिनेत्री वर्षा शिवाकोटी फिल्मबाट निस्कासित भएका छन् । यी दुईको ठाउँमा मँगलबार नै बिपिन कार्की र वर्षा राउतलाई अनुबन्धित गरिएको छ ।

कलाकारलाई भर्खरै अनुबन्धित गरिए पनि चलचित्रको छायाँकन पूर्वघोषित मिति ३ भदौबाटै सुरु हुनेछ । गोपिको निर्माणटिमले मँगलबार दिउँसो काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी यस्तो जानकारी गराएको हो ।

यो सिनेमाका निर्देशक दिपेन्द्र लामाले आफुले बिपिन र वर्षा राउतबाट पनि खगेन्द्र र वर्षा शिबाकोटीको जत्तिकै राम्रो काम लिनसक्ने जिकिर गरे । सिनेमालाई अब झन राम्रो बनाउने पनि उनले प्रतिबद्धता जनाए ।

यसका लेखक सामिप्यराज तिमिल्सिनाले पनि नेपाली चलचित्रमा कलाकारहरुले सम्बन्धित निर्मातालाई सुटिङका क्रममा यसरी धोका दिने क्रम बढेको बताए । सुरुमा सबैकुरा चित्त बुझेर अनुबन्धित भएका कलाकारले पछि स्कृप्ट नै चित्त नबुझेर छाडेको भन्नुको कारण पनि उनले प्रस्ट्याए ।

अभिनेता विपिन कार्कीले चरित्र मन परेकै कारण यो चलचित्रमा अनुबन्धित भएको खुलासा गर्दै भने,‘प्राय म फरक चरित्र निर्वाह गर्ने हुँदा यो फिल्मको चरित्र मलाई मन पर्यो र फरक लाग्यो । त्यसले अभिनय गर्न म तयार भएँ ।’

अभिनेत्री वर्षा रातउले पनि वर्षा शिवाकोटीले छाडेर नभएर आफूलाई मन परेका कारण यो भूमिका गर्न लागेको बताइन् । पनि चलचित्रमा राम्रो भूमिका भएकाले आफू गोपिमा नायिकाका रूपमा जोडिएको प्रस्ट्याइन् ।

यो चलचित्रका लागि अभिनेत्री सुरक्षा पन्त यसअघि अनुबन्धित भएकी हुन् । उनले अहिले अनुबन्धित भएका कलाकारलाई स्वागत गर्दै आफ्नो काम राम्रो गरेर देखाउन बताईन् ।

यो चलचित्रलाई श्रीधर पौडेल र मणिकरणले सँयुक्त रुपमा निर्माण गर्न लागेको हुन् । यो चलचित्र सामाजिक कथामा आधारित रहने निर्माण पक्षको भनाई छ ।