व्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन

ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रालिको आयोजनामा ‘सोसियल मिडिया फिल्म अवार्ड–२०७५’ हुने भएको छ । लघु चलचित्र, बृत्तचित्र, सन्देशमुलक विज्ञापन तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई मध्यजनर राख्दै यो अवार्ड गर्न लागिएको हो ।

आयोजक एवम् नेपालकी प्रथम महिला छायाँकार सवनम मुखियाका अनुसार लघु चलचित्र, बृत्तचित्र, जनचेतना मुलक बिज्ञापन र सोसियल मिडियामा आउने भिडियोहरु जस्ता विधामा यो अवार्ड हुन लागेको हो ।

लघु चलचित्र तर्फ उत्कृष्ट छायाँकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता र उत्कृष्ट निर्देशकको अवार्ड दिईने छ । यस्तै अनुसार बृत्तचित्र अन्तर्गत उत्कृष्ट बृत्तचित्र, जनचेतना मुलुक बिज्ञापन अन्तर्गत उत्कृष्ट पिएसए एड बिधामा अवार्ड प्रदान गरिने छ ।

यसैगरी सोसियल मिडिया तर्फ बेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम, ट्विटर) भिजुअल, बेस्ट युट्युव भिडियो, बेस्ट च्यालेन्जिङ न्युज लाईभ, बेस्ट इन्करेजमेन्ट म्युजिकली, बेस्ट ट्रोल र पब्लिक च्वाईस विधामा यो अवार्ड प्रदान गरिने भएको छ ।

सोसियल मिडियासँग सम्बन्धि एक विशिष्ट व्यक्ति र एकजना सिने सञ्चारकर्मीलाई अवार्ड समारोहमा सम्मानित गरिने पनि मुखियाले बताईन् ।

उनका अनुसार यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि फारम खुला गरिएको छ । प्रतियोगितबाट प्राप्त लघु चलचित्र, बृत्तचित्र, पिएसए, सोसियल भिडियो आदिबाट उत्कृष्ट चयन गरेर अवार्ड प्रदान गरिने छ ।

‘मुलधारका सिनेमा, गीत संगीत र म्युजिक भिडियोको अवार्ड त यहाँ धेरै नै भईरहेका छन् । त्यो भन्दा फरक धारको अवार्डका लागि सोसियल मिडिया फिल्म अवार्ड–२०७५ आयोजना गर्न लागेका हौं ।’ सवनम मुखियाले भनिन् । यो अवार्डको अफिसियल मिडियो व्युटी न्युज नेपाल डट कम रहेको छ ।