व्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन

नेपाली चलचित्रका कलाकारले पनि राम्रो पारिश्रमिक लिएर विभिन्न उत्पादनको ब्रान्ड एम्बेस्डरको रुपमा पवर्धक बन्ने क्रम बढेको छ । यसै क्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह एजुकेशन एण्ड माइग्रेसन कर्नरकी ब्रान्ड एम्बेस्डर बनेकी छिन् ।

‘यो संस्थाको सोच र उद्देश्य मलाई मन पर्यो । सबै कुराहरूबाट चित्त बुझेर नै मैले ब्राण्ड एम्बेष्टरको रूपमा सहकार्य गरेको हुँ ।’ अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले भनिन् ।

एजुकेशन सेमिनारमा साम्राज्ञीको प्रचवन

यसै बीच एजुकेशन एन्ड माइग्रेशन कर्नरले नेपालका सात सहरमा उच्च अध्यनका लागि अस्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीको लागि निःशुल्क शैक्षिक परामर्श मेलाको आयोजना गर्ने भएको छ । यसै महिना अगष्ट १८ देखि ३ सेप्टेम्बरसम्म नेपालका बिभिन्न सहरमा कर्नरले शैक्षिक मेला आयोजना गर्न लागेको निर्देशक सुनिल उप्रेतीले जानकारी दिएका छन ।

यो मेलामा ब्रान्ड एम्बेस्डर साम्राज्ञीले साथ दिने भएकी छिन् । हाल आफ्नो सिनेमा प्रदर्शनका लागि बिदेशमा रहेकी उनी नेपाल फर्केर मेलामा जोडिने भएकी छिन् ।

सेमिनारमा ब्रान्ड एम्बेसडर साम्राज्ञी राज्य लक्ष्मी शाह र उत्प्रेरक सुदन ज्ञवालीले कसरी सफल योजना बुन्ने बिषयमा प्रवचन पनि दिने कार्यक्रम रहेको बताए । सेमिनारमा सहभागिहरुलाई बिभिन्न आकर्षक उपहारको ब्यवस्था पनि गरिएको सुनिल उप्रेतीले बताए ।

यसकारण गरिँदैछ सेमिनार

यतिखेर अस्ट्रेलियामा नेपाली विलार्थीको निकै बढी चाप रहेको छ । अस्ट्रेलियामा आएर मात्र होइन यहाँ के पढ्ने, कसरी विद्यार्थी जीवनलाई अगाडि बढाउने, कस्तारकस्ता विषय महत्वपूर्ण छन् भन्ने विषयमा ज्ञान नहुँदा धेरै विद्यार्थी मर्कामा परेको पनि उनले बताए ।

‘हामी उनीहरूको उच्च अध्ययनका सम्भावना कठिनाइ र भविष्यको स्थायीत्वको विषयमा समेत महत्वपूर्ण सुझाव प्रदान गर्नेछौ,’ सुनिल उप्रेतीले भने, ‘कतिपय नुबुझीकन अस्ट्रेलिया आउँदा विद्यार्थीमा विबिध समस्या देखिएको हुँदा अभिभावक र विद्यार्थीबीच यहाँको परिस्थिति ,पढाइ र वातावरण, कमाइ अनि पढाइका बारेमा स्पष्ट जानकारी दिनुपर्ने अवस्था पनि आएको छ। हामी त्यस कुरामा बढी सजग छौं।’
छोरा छोरी बिदेश पढन पठाउने अभिभावकले पनि यहाको बिषयमा जान्न र बुझन आवश्यक भएकोले सेमिनारहरुमा अभिभावकको उपस्थिति महत्वपूर्ण रहने उप्रेतीले बताए ।

निम्न शहरमा हुँदैछ सेमिनार

कर्नरले १८ अगष्टमा काठमाडौको अन्नपूर्ण होटलमा, २० अगष्टमा चितवनको भरतपुर गार्डेन रिर्सोटमा र २१ अगष्टमा हेटौडामा शैक्षिक सेमिनारको आयोजना गरिने पनि उप्रेतीले जानकारी गराए ।

यसैगरी एजुकेशन एन्ड माइग्रेशन कर्नरले २७ अगष्टमा पोखरा, १ सेप्टेम्बरमा बिर्तामोड, २ सेप्टेम्बरमा दमक र ३ सेप्टेम्बरमा इटहरीमा शैक्षिक परामर्श सेमिनारको आयोजना गर्ने उप्रेतीले जानकारी गराए ।

उनले उच्च शिक्षाको आकर्षण मात्र होइन यहाँ देखिएका अप्ठ्यारा पाटालाई समेत अभिभावकबीच बसेर छलफल चलाउनुका साथै बिभिन्न विश्वविद्यालयद्धारा प्रदान गर्ने छात्रवृत्तिका विषयमा समेत विद्यार्थीलाई अवगत गराउने योजना रहेको सुनाए ।

उप्रेतीले सेमिनारमा अस्ट्रेलियाका कलेज र विश्वविद्यालयका प्रतिनिधीसँग समेत सिधा कुरा गर्न सकिने र प्रकृया अगाडि बढिसकेपछि निःशुल्क बारिस्टा लातिम दिइने बताए ।