२२ भदौबाट २८ मंसिर पुग्यो सुश्री सम्पत्ति


व्युटी न्युज नेपाल
काठमाडौं, २७ साउन

आगामी २२ भदौमा रिलिज हुने भनिएको चलचित्र ‘सुश्री सम्पति’ अब २८ मँसिरमा मात्र रिलिज हुने भएको छ । प्राविधिक कारणले चलचित्रको प्रदर्शन मिति सारिएको यसका निर्देशक सुब्रत आचार्यले बताएका छन् । वितरकहरुसँगकै सल्लाह अनुसार नै २८ मँसिर रिलिज मिति तोकेको पनि उनले बताए ।

यो फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुरलगायतको मुख्य भूमिका छ । यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्तिको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार छन् । यसमा निर्देशक सुव्रतकै कथा, अभिमन्यू निरवी र सुब्रतको पटकथा सम्बाद छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।