मोनिका फस्ट नेपाल नर्थ अमेरिका


व्युटी न्युज नेपाल
अमेरिका २७ साउन

‘फस्ट नेपाल नर्थ अमेरिका–२०१८’ उपाधि मोनिका घलेले जितेकी छिन् । शनिबार अबेररात अमेरिकाको न्युयोर्कमा सम्पन्न यो प्रतियोगितामा बाँकी १६ प्रतियोगीहरुलाई पछि पार्दै मोनिकाले उपाधि ताज चुमेकी हुन् ।

प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ मा सुजाता लामा फस्ट रनरअप र श्रीजना राई सेकेन्ड रनरअप घोषित भए । यस्तै मिस ट्यालेन्ट पूजा थापा, मिस कम्युनिटी आउटरिच अनुषा अधिकारी, मिस पपुलर स्वेता खड्का, मिस फोटोजेनिक करुणा अधिकारी, बेस्ट स्किन आकृति शाह, बेस्ट स्माईल सिर्जना राई, वेस्ट ड्रेसमा संयुक्ता पुरी घोषित भए ।

यस्तै मिस पर्सनालिटी सनम थापा, मिस डिसिप्लेनमा श्रद्धा केसी, मिस क्याटवाक मोनिका घले, मिस फ्रेन्डसिपमा सुजाता लामा, बेस्ट हेयरमा ज्योति गुरुङ, मिस राईजिग स्टार स्मृति लामिछाने घोषित भए ।

सो प्रतियोगिताको निर्णायकमा राजेन्द्र श्रेष्ठ (गाेर्वधन पुजा), ईभन फोर्ब्स , स्लेतभाना क्रामर, जोली अमात्य र फातिमा रूमा थिए । मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले कोरियोग्राफी गरेको कार्यक्रममा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले पनि सदीक्षालाई कोरियोग्राफीमा सघाए । प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ अन्तिम प्रतिस्पर्धा समारोहकी प्रस्तोता थिईन ।

कार्यक्रममा बर्तिका एम राई, हेमन्त राना, बिक्की गुरुङ, धर्मबिर लामा र झंकार डान्स केन्द्र न्यूयोर्क कलाकारले नृत्य एवम् गीत संगीत प्रस्तुत गरे ।