व्युटी न्युज नेपाल
काठमाडौं २६ साउन,

पत्रकार सबिता पोखरेललृ आफ्नो शब्दमा तीज गीत विरानो भो माइतीको आँगनी… बजारमा ल्याएकी छिन् । यसको स्वर तथा संगीत काव्य आचार्यको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ वरिष्ठ गीतकार उन्नती शीला बोहरा, गायक शिव परियार, गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजन लगायतले काठमाडौंमा एक समारोहबीच यो गीतको बिमोचन गरेका छन् ।

प्राज्ञ एवं गीतकार उन्नती शिला बोहराले माइती चेलीको वेदना मात्र नभएर पुराना दिनको सम्झनासमेत व्यक्त भएको बताउँदै गीतकार सविता पोखरेलको पहिलो सिर्जना जस्तो नलागेको बताएकी थिइन् । माइतीघर छाडेर पराइघर जाने चेलीको परम्पराभित्र मनमा गुम्सिएका अनेकौं वेदनालाई मात्र नभएर साथीसंगीतसँग खेलेको बालापनको समेत सम्झना गरेको गीतमा स्वर, संगीत र भिडियोले मन छुने बनेको बोहराले बताइन् ।

बिमोचन कार्यक्रममा बोल्दै गायक शिव परियारले तीज गीतले वास्तविकता बोकेको भन्दै गीतकार सबिता पोखरेललाई शुभकामना दिएका थिए । गायिका काव्य आचार्यको स्वरको मिठास सुन्न पाएको भन्दै गायक परियारले गीतसंगीत क्षेत्रमा पत्रकार सविता पोखरेललाई गीतकारको रुपमा देख्न पाएकोमा खुुसी व्यक्त गरे ।

गीतकार संघका उपाध्यक्ष भरत बमजनले गीतकार सविता पोखरेलको शब्द लेख्ने शैलीले लोभ्याएको बताएका थिए । उनले विरानो भो माइतीको आँगनीमा शब्द, संगीत र स्वरसँगै एरेन्जमेन्ट र भिडियो पनि राम्रो बनेको उनले बताए ।

त्यस्तै चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीले गीत संगीत राम्रो बनेको भन्दै सफलताको शुभकामना दिएकी थिइन् ।

त्यस्तै गायिका एवं संगीतकार काव्य आचार्यले गीतकार सविता पोखरेलको शब्द मन परेकै कारण आफूले संगीत सिर्जना गरेको बताउँदै गीत सबैले मन पराइदिनुहुने आशा व्यक्त गरिन् ।

विरानो भो माइतीको आँगनी बोलको गीतलाई विपिन आचार्यले एरेन्ज गरेका छन् भने भिडियोलाई राजीव बलामीले निर्देशन गरेका छन् । रिना थापा मगर, रिना राउत र मेलिना ठकुरीको अभिनय रहेको म्यूजिक भिडियोलाई कृष्ण श्रेष्ठले छायाँकन गरेका हुन् भने दिनसन शाहले सम्पादन गरेका हुन् ।