व्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन
विवाहको लागि इँगेजमेन्ट (टिकाटालो) गरेपछि अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की एकसाथ नयाँ भिडियोमा आएका छन् । यी जोडीले मैच्याङ… को भिडियोमा सँगै अभिनय गरेका हुन् ।
भिडियोमा आयुष्मान र प्रियँकाको रोमान्टिक अभिनय छ । यो गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत, होम न्यौपानेको शब्द र गोपाल रसाइलीको संगीत संयोजन छ ।
भिडियोमा आयुष्मान र प्रियँका
गीतकार न्यौपानेले गीतमा मैच्याङ बनेकी प्रियंकालाई फकाउन आयुष्मानले गरेको आग्रहलाई समेटिएको बताए ।
यो नृत्यप्रधान गीतको भिडियोमा आयुष्मान र प्रियंकाको जोडी खुब जमेको छ । यी दुईले दिल खोलेर भिडियोमा नाँचेका छन् । गीतलाई गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ ।